२८ असार २०८३, आइतबार

एनपीएलको अक्सन भोलि, कति खेलाडी छानिन्छन् ?

असार २१, २०८३
काठमाडौं
एनपीएलको अक्सन भोलि, कति खेलाडी छानिन्छन् ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि भोलि काठमाडौँमा खेलाडीको अक्सन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

क्यानका अनुसार अक्सनका लागि कुल १५५ जना खेलाडीहरूलाई अन्तिम सूचीमा समावेश गरिएको छ। यसअघि नाम दर्ता गराएका ३४७ जनामध्येबाट १५५ जना खेलाडीहरू अक्सनको 'सर्टलिस्ट' मा परेका हुन्। जसमा क्याटेगोरी 'ए' मा ५ जना, क्याटेगोरी 'बी' मा २७ जना र क्याटेगोरी 'सी' मा १२३ जना खेलाडीहरू रहेका छन्।

भोलि हुने अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ जना खेलाडीहरूलाई खरिद गर्नेछन्। यसपटकको नयाँ नियमअनुसार हरेक टोलीमा मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट आउने खेलाडीसहित कुल १४ जना नेपाली खेलाडीहरू रहनेछ क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्