२३ असार २०८३, मंगलबार

ट्रम्पले गरे ह्यारी केनको खुलेर प्रशंसा

असार २२, २०८३
काठमाडौं
ट्रम्पले गरे ह्यारी केनको खुलेर प्रशंसा

फिफा विश्वकप २०२६ को 'राउन्ड अफ १६' मा इङ्ल्यान्डले सह-आयोजक मेक्सिकोलाई ३-२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। मेक्सिको सिटीको एस्टाडियो एज्टेका रङ्गशालामा भएको उक्त रोमाञ्चक खेलमा कप्तान ह्यारी केनको नेतृत्वमा इङ्ल्यान्डले १० खेलाडीमा सीमित भएर पनि ऐतिहासिक जित हासिल गर्‍यो।

यसैबीच, यो जितसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इङ्ल्यान्डका कप्तान ह्यारी केनको खुलेर प्रशंसा गरेका छन्।

खेलमा जुड बेलिङ्घमले दुई गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। खेलको ५४औँ मिनेटमा जारेल क्वान्साले रातो कार्ड पाएपछि इङ्ल्यान्ड १० खेलाडीमा सीमित भयो। तर, कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता बढाए। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गरे पनि टोली हारबाट जोगिन सकेन।

केनको उत्कृष्ट प्रदर्शनबाट प्रभावित हुँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखे, "Harry Kane of England is a GREAT player!!!" (इङ्ल्यान्डका ह्यारी केन एक महान् खेलाडी हुन्!)।

विश्वकपमा खेलका साथै मैदानबाहिरको राजनीति पनि तातेको छ। अमेरिकाका स्टार स्ट्राइकर फ्लोरिन बालगुनलाई अघिल्लो खेलमा पाएको रातो कार्डका कारण बेल्जियमविरुद्धको महत्त्वपूर्ण खेलबाट प्रतिबन्ध लगाइएको थियो। तर, राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई सिधै फोन गरेर उक्त निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे।

राष्ट्रपति ट्रम्पको फोनपछि फिफाले अनपेक्षित रूपमा बालगुनको एक खेलको प्रतिबन्धलाई एक वर्षका लागि निलम्बन गरिदिएको छ। ट्रम्पले यस निर्णयप्रति खुसी व्यक्त गर्दै लेखे, 'Thank you to FIFA for doing what was right, and reversing a great injustice!' (सत्यको पक्षमा निर्णय लिएकोमा र ठुलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद!)।

फिफाको यो निर्णयप्रति बेल्जियमको फुटबल संघले कडा आपत्ति जनाएको छ। उनीहरूले यसलाई ‘खेलको निष्पक्षताको सिद्धान्त विपरीत’ भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । अर्कोतर्फ, अमेरिकी टोलीका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने यो निर्णयलाई ‘न्यायपूर्ण’ भनेका छन्।

salt training

कमेन्ट गर्नुहोस्