
फिफा विश्वकप २०२६ को नकआउट चरणमा अस्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ।
लस एन्जलस स्टेडियममा भएको उक्त खेलमै स्पेनका १८ वर्षीय लामिन यमलले सन् १९६६ यताकै दुर्लभ कीर्तिमान बनाएका छन्।
उनी जारी विश्वकपको एउटै खेलमा १० भन्दा बढी 'ड्रिबल' र विपक्षीको पेनाल्टी बक्समा १० भन्दा बढी 'टच' गर्ने पहिलो खेलाडी बनेका छन्।
१८ वर्ष ३५४ दिनको उमेरमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकप इतिहासकै (सन् १९६६ पछि) सबैभन्दा कान्छो खेलाडी बनेका छन्। यद्यपि उनले शुक्रबारको खेलमा गोल भने गर्न सकेनन् ।