×

NIC ASIA

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

काठमाडाैं | बैशाख १९, २०८१

Prabhu Bank
NTC
Premier Steels

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा सरुवा भए । ती सरुवासम्बन्धी पत्रको बोधार्थ देखेर हामी तीनछक परेका थियौं । मुखामुख गरेका थियौं । 'अनियमितता र भ्रष्टाचारका कार्य गर्नेलाई कारबाही गर्ने निकायका कर्मचारीलाई पनि मालदार अड्डा चाहिँदो रहेछ' भन्ने हामीलाई लाग्यो । यो त हामीले थाहा पाएका कुरा मात्र थिए । यस्ता क्रियाकलाप पहिले कति भए र अहिले कति हुँदैछन् र पछि पनि कति हुन्छन् भनेर अनुमान लगाउन सकिन्छ । नेपालको प्रशासन क्षेत्र पहिलेदेखि नै बदनाम छ । त्यसमा पनि गैरराजनीतिक गतिविधिले गर्दा नेपालको प्रशासन झनै बदनाम हुँदै गएको आभाष पाइन्छ ।

Muktinath Bank

लोकसेवा परीक्षाको तयारी गरिरहँदा भावी राष्ट्रसेवकहरूले निष्पक्ष रूपमा देशको सेवा गर्ने मनस्थिति बनाउने र परीक्षा पास गरिसकेपछि नियुक्ति लिनुपूर्व शपथ समेत खाने गरेकोमा पदस्थापन भएको केही दिनपछि नै कतिपय कर्मचारीमा कमाउ अड्डाहरूको बारेमा जानकारी हुँदै जान्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुराना कर्मचारीहरूले कमाउ अड्डा वा मालदार अड्डामा रहेर गर्दै आएका भ्रष्टाचार र त्यसबाट भएका प्रगतिका बारेमा जानकारी हुँदै जान्छ । फलस्वरूप ती नयाँ कर्मचारीहरूमा पनि कमाउ अड्डा कहिले जान पाउँला र दाम कमाउँला अनि शहरमा घडेरी किनेर घर बनाउँला भनेर सोच्न थाल्छन् । यति मात्र होइन, उनीहरूले महंगा स्कूल र कलेजमा पढाएर छोराछोरीलाई सक्षम बनाउने ध्येय पनि पाल्दछन् । सम्पत्ति थुपार्नका लागि फोहोरी प्रतिस्पर्धा हुन्छ कर्मचारीबीचमा । कतिपय कर्मचारी मालदार अड्डामा सरुवा भएर जानका लागि अनेक तिकडम गर्नेतिर अग्रसर हुन्छन् । राजनैतिक पहुँचबाट होस् वा आर्थिक चलखेलबाट होस्, टाठाबाठाहरूले हात पार्छन्, कमाउ अड्डा वा मालदार अड्डातिर जाने अवसर । सरुवा गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालयमा दिनहुँ कर्मचारीहरूको भीडभाड देख्न सकिन्छ । सोझा र इमान्दार कर्मचारीहरूले हैरानी खेप्नुपरेको यो लेखक आफैं भुक्तभोगी र साक्षी पनि हो ।


Advertisment
Nabil box
Kumari

भन्सार, कर, मालपोत, नापी, वैदेशिक रोजगार, यातायात, अध्यागमन र कम्पनी रजिष्ट्रारको कार्यालयजस्ता निकाय यस्ता अड्डाहरू हुन्, जहाँ घुसको चलखेल बढी हुन्छ । यस्ता विषय समय-समयमा सञ्चार माध्यममा पनि आइरहेका हुन्छन् । त्यस्ता कार्यालयमा कार्यरत कैयन अधिकृत तथा सहायक कर्मचारीको जागिर धरापमा परिसकेको छ । उनीहरूविरुद्ध मुद्दा चले, ती भ्रष्टहरू तारेखमा धाइरहे भने कसैको त जागिर नै चट भयो । सहकर्मी साथीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समातेर लगे पनि कतिपय कर्मचारीहरू त्यसलाई सामान्य ठान्दै भ्रष्टाचारमा तल्लीन हुने गरेको  समेत देख्न सकिन्छ । कार्यालय सहयोगीदेखि सचिवसम्म र मन्त्रीहरूसमेत भ्रष्टाचार गरेको कसुरमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन् । नेपालमा भ्रष्टाचारको अवस्था विकराल छ । यस्तै अवस्था रहे यो क्रम दीर्घकालसम्म रही नै रहने छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साना माछा मात्र समाउने र ठूला माछा नसमाउने भनेर वर्षौंदेखि आरोप लाग्दै आएको छ ।

Vianet communication

पहिलेदेखि नै आफूभन्दा मुनिका नाता पर्नेहरूलाई दशैंमा टीका लगाइदिँदा डाक्टर हुनु, इञ्जिनियर हुनु भनिँदै आएको छ । डाक्टर र इञ्जिनियर कार्यरत सरकारी निकायहरूमा धेरै घुसखोरी र कमिसनखोरी चल्दै आइरहेको पाइन्छ । सप्लायर र निर्माण कम्पनी चलाउनेहरूसँग यिनीहरूको उठबस चलि नै रहन्छ । सरकारी स्वास्थ्य संस्थाहरूमा स्टोर सम्हाल्नेहरूले सिरक, डसना र सिरानी बनाउन संस्थाकै स्टोरबाट कपास ओसार्छन् भन्ने पनि पहिलेदेखि नै सुनिँदैआएको छ । कसै–कसैले त छोराछोरीको पढाइका लागि चाहिने कापी, कलम, स्केल, इरेजर, कटर, मसीलगायतका सामानहरू कार्यालयबाट ओसार्ने गरेको पनि पाइन्छ ।

भवन निर्माणका लागि नगरपालिकामा नक्सा पास गर्दा पनि घुस नै चल्ने गर्दछ । विकास निर्माणसम्बन्धी निकायहरूमा धेरै नै अनियमितता र भ्रष्टाचार हुने चर्चा धेरै पहिलेदेखिकै हो । घुसबिना सेवाग्राहीले सहजरूपमा सेवा प्राप्त गर्न नसक्ने कुरा पनि बेलाबेलामा नआएको होइन । कतिपय तालुक निकाय मातहतका कार्यालयमा कार्यरत घुसको एकमुष्ट जिम्मा लिने व्यक्तिले भन्ने गर्छन्- 'के गर्नु? माथिसम्म पुर्‍याउनुपर्छ ।' यसको अर्थ कार्यालय प्रमुख, विभागीय प्रमुख र मन्त्रालयका सचिवसम्म भ्रष्टाचार तथा अनियमितताको जालो छ भन्ने बुझिन्छ ।

केही समयअघि मात्र नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहरिएका छन् । उनले कलेजको रकम आफ्नो खातामा जम्मा गरेको पुष्टि भएको छ । सामाजिक संस्थाको सम्पत्ति व्यक्तिगत खातामा सारेको आरोप उनीमाथि थियो । कलेजभित्रै अनियमितता मिलाउन न्यौपानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुसस्वरूप ७८ लाख रुपैयाँ दिएका थिए । यसरी संस्थाको रकम अपचलन गर्ने कुकार्य धेरै संस्थाहरूमा भैरहेको अनुमान गर्न सकिन्छ । लम्बोदर न्यौपानेले दिएको घुसले काम नगरेपछि भने महाभियोगको त्रासले गर्दा तत्कालीन आयुक्त पाठकले राजीनामा नै दिएका थिए ।

बिचौलियाले पोल खोलेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण र बहालवाला सचिव टेकनारायण पाण्डे जेल परेका थिए । बिचौलियाहरू पक्राउ परेलगत्तै आफूहरूले मन्त्री र सचिवलाई घुस खुवाएको कुरा बिचौलयलाले नै खुलासा गरेका थिए । यस्तो प्रकारको घुस लेनदेन र भ्रष्टाचारसम्बन्धी जालो नेपालमा असंख्य रहेको प्रशासनविद्हरूको भनाइ छ । बिचौलिया र माफियाको पर्खाल भत्काउन सकिए मात्र नेपालमा सुशासन स्थापित हुने कुरामा कुनै सन्देह छैन । यसका लागि राजनैतिक नेतृत्व तहमा बस्ने र प्रशासन हाँक्नेहरूको इच्छाशक्तिमा भर पर्दछ ।

महत्त्वपूर्ण सुझाव

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको गरिमालाई उच्च राख्न र विश्वसनीय बनाउन आयोगका पदाधिकारीहरूमा स्वच्छ छवि भएका पूर्व प्रशासकहरूलाई मात्र नियुक्ति सिफारिस गरिनुपर्दछ । भ्रष्टहरूमाथि हुने अनुसन्धान र कारबाहीलाई तीव्रता दिनु र समयमै विशेष अदालतमा दोषीउपर मुद्दा दायर गर्नुपर्दछ । ढिलासुस्ती गर्दा भ्रष्टहरू उम्किन सक्ने र प्रमाण नष्ट गर्नका लागि अनेक खेल खेल्न सक्ने हुँदा समयमै कारबाही टुंग्याउनु मनासिव देखिन्छ ।

यो लेखक चालिस वर्ष काठमाडौंमा र त्यसमा पनि बाह्र वर्ष सिंहदरबारमा बिताइसकेको हुँदा मुलुक किन बिग्रियो ? देशबाट भ्रष्टाचार र अनियमितता किन उन्मुलन हुँदैन ? भ्रष्टहरू किन र कसरी सुरक्षित छन् भन्ने विषयमा चिन्ता गर्ने गर्छ । लेखकले कतिपय भ्रष्ट नेता तथा प्रशासकहरूको बारेमा जानकारी पनि राख्ने गरेको छ । सम्पूर्ण सेवाकाल भन्सारमा बिताएर पुस्तौं पुग्ने अकुत सम्पत्ति आर्जन गर्नेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नलगियोस् । यस विषयमा राजनीतिक पार्टीहरूले विशेष ध्यान दिनु अति नै आवश्यक छ ।

अन्त्यमा, अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा भएर जाने काम रोकिनुपर्दछ । यसो गरेमा अख्तियारको गरिमा र महिमा बढ्ने देखिन्छ । आफूमाथिको आरोप र अविश्वास चिर्दै अख्तियार शक्तिशाली, सक्षम, स्वतन्त्र र जिम्मेवार भएर उभिनुपर्दछ ता कि भ्रष्टहरू जुर्मुराउन नपाऊन्, नसकुन् र मुलुकले प्रशासनिक क्षेत्रमा नवीनतम काँचुली फेरोस् ।

साथै राष्ट्रिय सतर्कता केन्द्रको दायरा पनि फराकिलो गर्न जरुरी छ । केन्द्रलाई खाली कर्मचारीहरूलाई छड्के गर्ने काममा मात्र सीमित राख्नु उचित देखिँदैन । राष्ट्रिय सतर्कता केन्द्रका लागि सरकारले गरेको करोडौं लगानीको प्रतिफल देखिनु आवश्यक छ । कर्मचारी पोशाक लगाएका कैयन कर्मचारीहरू दिउँसै बाटोमा यताउता गरेको देखिनु पनि लज्जाजनक कुरा हो । हाजिर गरेर टाप कस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि केन्द्रले विशेष ध्यान दिनु आवश्यक छ । रेस्टुरेन्ट अगाडिको पार्किङमा सरकारी सवारी साधन राखेर दिउँसै बीयर र सेकुवा खाने कर्मचारीहरूलाई अन द स्पट कारबाही गर्न सकेमा राष्ट्रिय सतर्कता केन्द्रको उचाइ बढ्नेमा कुनै सन्देह छैन ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x