×

इजरायल–हामास वार्ता पुनः शुरू गर्न राष्ट्रसङ्घीयका दूतको आह्वान

काठमाडाैं | जेठ ८, २०८१

न्युयोर्क–मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावका साथ टेबलमा फर्कनु वेन्नेसल्यान्डले संयुक्त राष्ट्र सुरक्षा परिषद्मार्फत आग्रह गरे ।

Laxmi Bank

तुरुन्तै वार्ता पुनः शुरू नभए राफाहका सङ्कटग्रस्त र निरिह नागरिकका लागि, दुई सय २५ दिनभन्दा बढी अकल्पनीय अवस्थाका बन्धक तथा गाजा पट्टीकिनारको विस्तारित मानवीय कारबाहीका लागि सबैभन्दा खराबीको डर रहेको उनले बताएका छन् ।  


Advertisment

दुई हप्ताअघि इजिप्ट, कतार र अमेरिकाको समर्थनमा मे–९ मा कायरोमा भएको वार्ता सहमति बिनै समाप्त भएको उनले उल्लेख  गरे । 


Advertisment

‘गाजाका सबै बन्धकको सुरक्षित रिहाइ गर्न सम्बन्धित पक्षबिचको वार्ता र नागरिकलाई आवश्यक राहत प्रदान गर्न युद्धबिरामको बिचमा गाजामा अर्को बिनाशको सामना गर्नुपरेको उनको भनाइ छ ।  

यसैक्रममा वेन्नेसल्यान्डले मध्यस्थकर्तालाई राष्ट्रङ्घको पूर्णसमर्थन रहेको बताउदै इजरायल र हमासबीचको सम्झौता कार्यान्वयन समर्थन गर्ने आफ्नो इच्छालाई दोहोर्याए ।  

मे पहिलो हप्तादेखि, राफाह लगायत वरपर इजरायली सैन्य कारबाही र युद्धाभ्यास तीव्र भएपछि राफाहमा सुरक्षा अवस्था  बिग्रँदै गएको वेन्नेसल्यान्डले  उल्लेख गरेका छन् । 

उनले राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसलगायत  अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर नागरिकको विनाशकारी परिणामको स्पष्ट सङ्केतबीचमा राफाह सैन्य कारबाहीमा गम्भीर आपत्ति जनाएका छन् ।  

राफाह र गाजाको जीवन बचाउन तत्काल सम्बोधन गर्नु प्राथमिकता हुनुपर्ने बताउदै उनले महासचिवको मानवीय युद्धविरामको आह्वानलाई पुनःताजकी गरे । यसै क्रममा तत्काल खतराले द्वन्द्वको समाधान गरी दीर्घकालीन शान्ति स्थिरताका लागि सम्भाव्यतालाई निम्त्याउने जोखिमको दृष्टि गुमाउनु नहुने उनले बताए । 

गाजामा युद्धविराम असफल भई रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले क्षेत्रीय तनाव बढाउने जोखिम बढेकोमा उनले चिन्ता व्यक्त गरे ।

सात महिना लामो विनाश र दुःखले सत्यलाई बलियो बनाएको बताउदै प्यालेस्टिनी र इजरायलीले द्वन्द्व अन्त्य गरी दीगो शान्ति स्थापना गर्न व्यावहारिक राजनीतिक साझेदारी स्थापना गर्न अब पर्खन नसकिने उनले उल्लेख गरे । दिनहुँको निष्क्रियताले घातक परिणामको अवस्था आएकोले अब प्यालेस्टिनी, इजरायली सुन्दर भविष्यको जग बसाल्ने समय  आएको उनले बताए ।

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x