×

भिन्डीका फाइदै फाइदा : आन्द्रामा हुने क्यान्सरको जोखिम हटाउनेदेखि सुगर नियन्त्रणसम्म !

असार ४, २०८१

हामीले खानपानमा ध्यान दिन सक्यौ भने धेरै रोगलाई नियन्त्रण गर्न सक्छौ भने स्वास्थ्यलाई पनि राम्रो बनाउन यसले सहयोग पु-याउनछ । हामीले भान्सामा प्रयोग गर्ने तरकारी, फलफुल लगायतमा विशेष ध्यान दिन सकेको खण्डमा केही रोग र जीवनशैलीलाई केही सहज बनाउन सक्छौं । 

चिप्ले भिन्डीका नामले समेत चिनिने फाइवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ । यसले पाचन प्रकृयालाई बलियो बनाउँछ । 

भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ । 

भिन्डीले मात्र होइन यसको फूल र पातले समेत फाइदा पु-याउँछ । श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न यसको प्रयोग गरिन्छ । भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

गर्भवती महिलाले भिन्डी खाँदा निकै फाइदा पुग्छ । किनकी यसले भ्रुणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।

क्यान्सरको जोखिम हटाउन पनि भिन्डी खानु फाइदाजनक हुन्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।

भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।

भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ । 

छालालाई स्वस्थ्य राख्न भिन्डीमा पाइने भिटामिन–सीलगायतको महत्वपूर्ण भूमिका हुन्छ । यसले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छसहयोग गर्छ । 

आखाको ज्यातिका लागि भिन्डीको प्रयोग राम्रो हुन्छ । 

भिन्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले रक्तअल्पता हुनबाट जोगाउँछ । 

रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ ।

अल्सरको असरलाई कम गर्न भिन्डीले मदत गर्छ । किनकी भिन्डीमा क्षार तत्व रहेको हुन्छ । 

भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्न मद्दत गर्छ ।


Advertisment

Advertisment
असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x