०५ साउन २०८३, मंगलबार

२ हजार जना युवालाई भाटभटेनीले पार्ट टाइम काम दिने

असार १२, २०८१
काठमाडौं
२ हजार जना युवालाई भाटभटेनीले पार्ट टाइम काम दिने

भाटभटेनी सुपरमार्केटले युवाहरुलाई पार्ट टाइम काम दिने भएको छ । आगामी आर्थिक वर्षको सुरुवातदेखि नै २ हजार जना युवालाई काममा लगाउने गरी सुपरमार्केटले कर्मचारी भर्नाको प्रक्रिया सुरु गरिसकेको जनाएको  छ । 

भाटभटेनीका चिफ अपरेटिङ अफिसर (सीओओ)पानु पौडेलले कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले पहिलो लटमा २ हजार कर्मचारी भर्ना गर्ने सुपरमार्केटको योजना रहेको सुनाए । आगामी दिनमा यो संख्या बढाउँदै लगिने उनको भनाइ छ । 

 ‘आजबाट अनाउन्समेन्ट भयो । भोलिबाट विस्तारै कर्मचारी भर्नाका लागि बायोडाटा लिएर आवश्यक प्रक्रिया सुरु हुन्छ’, उनले बुधबार भने । 
उनले पार्ट टाइम कर्मचारीलाई के कति पारिश्रमिक उपलब्ध गराउने भन्नेबारे भाटभटेनीले आधिकारिक टुंगो लगाउन बाँकी रहेको जानकारी दिँदै अहिले कर्मचारीले पाइरहेको भन्दा केही धेरै नै हुने बताए । 

विशेषगरी विद्यार्थी वर्गलाई विभिन्न आर्थिक समस्या हुने र उनीहरुलाई कामसँगै रोजगारीमा पनि आबद्ध गराउने योजनाअनुसार यसरी पार्ट टाइमको अवधारणा ल्याइएको भन्दै पौडेलले दुई पक्षबीचको समझदारीको आधारमा कति घण्टा काम दिने भन्नेबारे निश्चित गरेर काममा लगाइने जानकारी दिए। 
 

salt training

कमेन्ट गर्नुहोस्