२५ जेठ २०८३, सोमबार

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएका तीन जना पक्राउ

असार १२, २०८१
काठमाडौं
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएका तीन जना पक्राउ

नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालसम्म तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

 सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्यसमेतका नाममा जिल्ला अदालत काठमाडौँले गएको वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त प्रकरणमा २० जनाका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “अदालतबाट २० जनाका नाममा पक्राउ पुर्जी जारी भएको थियो, अहिलेसम्म तीन जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ ।” 

अदालतबाट पक्राउ पुर्जी जारी भएकामध्ये हालसम्म बाल सङ्गठनका तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ तथा सङ्गठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशङ्कर साह पक्राउ परेका छन् ।

चार वर्षका लागि भनेर दिइएको बृहस्पति विद्या सदनलाई लिज अवधि बढाउँदै लगेकोमा विसं २०५८ जेठ ८ मा थप पाँच रोपनी दुई आना जग्गा दिएको पाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्