×

बजेटमा कर्णाली र पिछडिएको क्षेत्रलाई विभेद गरिएको भन्दै आपत्ति

काठमाडाैं | असार ६, २०८१

नेपाली कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागले आर्थिक वर्ष २०८१/८२ को बजेटले कर्णाली प्रदेश लगायत पिछडिएको क्षेत्रलाई विभेद गरेको भन्दै आपत्ति जनाएको छ ।

विभाग प्रमुख रंगमति शाहीले विज्ञप्ति जारी गर्दै सिंहदरबारको विभेद अन्त्य हुनुपर्ने बताएकी छिन् । 


Advertisment

‘समग्र मुलुकको उन्नाईस प्रतिशत भू-भाग समेटिएको कर्णाली प्रदेश लगायत देशको समग्र पिछडिएको क्षेत्रको प्राकृतिक एवं भौगोलिक विकटता तथा यी क्षेत्रका समुदायको शताब्दियौंदेखि विभेदजन्य भोगाई, दुःख, पीडा र सिंहदरबारको दृष्टिबाट सदैव ओझेलमा पर्नुपर्ने र समतामूलक व्यवहारबाट वञ्चित हुनुपर्ने नियति यस आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजनमा पनि पुनरावृत्ति भएको छ,’ शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसरी पिछडिएको क्षेत्र र समुदायप्रति बजेट विनियोजनमा संवेदनहीनता र विभेद टड्कारो देखिएकोमा नेपाली कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभाग नेपाल सरकार लगायत सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षण गराउँदछ । देशको पिछडिएको क्षेत्रलाई विकासको मूलधारमा समावेश गर्न यथेष्ट बजेट तथा विकास कार्यक्रम सञ्चालनका लागि जोडदार माग गर्दछ ।’


Advertisment
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x