×

संसदमा प्रतिपक्षको चासो

बीआरआईबारे सरकारले चीनसँग एउटा र अन्य मुलुकसँग अर्कै कुरा गरेर कच्चा खेल खेल्यो– कांग्रेस

काठमाडाैं | असार १३, २०८१

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ)बारे सरकारले चीन र अन्य मुलुकसँग फरक–फरक कुरा गरेर कच्चा कूटनीतिक खेल खेलेको आरोप लगाएको छ ।

बीआरआई सम्झौतामा हस्ताक्षर गर्नेबारे सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरेको कांग्रेसको आरोप छ । 


Advertisment

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा निवर्तमान परराष्ट्र मन्त्री एवं कांग्रेस नेता एनपी साउदले बीआरआईमा सरकारले अत्यन्त अपरिपक्व ढंगले काम गरिरहेको बताएका हुन् । 


Advertisment

‘चीनलाई बीआरआईमा सम्झौता कार्यान्वयन गर्न तयार छौं भनेर लगातार सन्देश दिने, त्यो अनुभूतिलाई सत्ता समीकरण बनाउन प्रयोग गर्ने काम भयो,’ साउदले भने, ‘अन्य मुलुकलाई बीआरआई रोक्न खोजिरहेका छौं भन्ने कच्चा चाल भयो भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा घट्छ ।’

सरकारले कूटनीतिक रूपमा अपरिपक्व किसिमले छिमेकी र विश्वसँग व्यवहार गरिरहेको र त्यसले कूटनीतिक क्षमता उदांगो भएको उनले बताए ।

‘पृथ्वी नारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भन्नुभएको थियो । दुई ढुंगाको बीचमा रहेको डाइनामाइड पड्कियो भने चट्टानलाई क्षति पुर्‍याउन सक्छ, तर डाइनामाइड पकड्किएपछि आफू पनि बाँकी रहन्न,’ साउदले भने । 

कांग्रेसले बीआरआईबाट अनुदान लिन सकिने भएपनि महंगो ब्याजदरको ऋण अस्वीकार गर्नुपर्ने बताउँदै आएको छ ।

संसद्को शून्य समयमा कांग्रेसकै सांसद शान्ति बिकले बीआरआईको ऋणका कारण नेपाल श्रीलंका बन्ने खतरा रहेको भन्दै ऋण लिन नहुने बताएकी थिइन् ।

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x