×

कृष्णप्रसाद भट्टराई​ महात्मा गान्धीभन्दा उच्च कदका नेता : स्वामी आनन्द अरुण

काठमाडाैं | असार १५, २०८१

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दी वर्षको अवसरमा 'सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र'ले शनिबार राजधानीमा विशेष प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

 कार्यक्रममा भट्टराईको जीवन र व्यक्तित्वमाथि उनका अत्यन्त निकट आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले विविध कोणबाट प्रकाश पारे । उनले २०४८ सालको आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईको पराजय नेपाल र नेपालीकै लागि ठूलो दुर्भाग्य भएको बताए । 


Advertisment

भट्टराईको अस्वभाविक पराजयका कारण सिंगो मुलुक शोकाकूल भएको स्मरण पनि स्वामी आनन्द अरुणले गरे। कृष्णप्रसाद भट्टराई जस्तो विश्वकै सम्मानित नेता निर्वाचनमा पटक पटक पराजित हुनु आश्चर्य भएको उनको टिप्पणी थियो ।


Advertisment

राजनीतिक स्पष्टता, निष्ठा,योगदान,आदर्श र समग्र चरित्रको आधारमा हेर्ने हो भने भट्टराई भारतका महात्मा गान्धी भन्दा पनि उच्च स्तरको नेता भएको टिप्पणी उनले गरे । ‘भट्टराईको बहुआयामीक व्यक्तित्व सबैका लागि उदाहरणीय थियो’ उनले भने ।

null

हिंस्रक क्रान्तिको सधैं विपक्षमा उभिएका भट्टराईले पाएको जस्तो सम्मान अन्य कमैले पाएको उनको विश्लेषण थियो । शक्तिको आडमा कोही कसैले राज्यकोष दोहोन गर्न नहुने पाठ भट्टराईबाट सिक्नुपर्ने दृष्टान्तहरू उनले सुनाए । 

स्वयं राजाले कांग्रेसबाट अलग गराउन नसकेको भट्टराईले पार्टीमा रहन नसक्ने गरी आफैले राजीनामा दिने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद भएको उनले बताए । तत्कालीन समयमा वार्ताबाटै माओवादी द्वन्द्व अन्त्य गर्ने दिशामा केन्द्रीत रहेका भट्टराईलाई पार्टीकै नेतृत्वले प्रधानमन्त्रीबाट राजीनामा गर्न लगाएर गैरराजनीतिक काम गरेको दाबी उनले गरे। 

पदलोलुपताबाट भट्टराई सधै टाढा रहेको चर्चा गर्दै उनले ‘निर्वाण’ नै उनको जीवनको एकमात्र लक्ष्य भएको बताए । भट्टराईका महान् वाणीहरू प्रत्येक नेपालीका घर घरमा टासिनु पर्ने भन्दै उनले मुलुकलाई अहिलेको असहज परिस्थितिबाट निकास दिन अर्को ‘भट्टराई’ आवश्यक भएको बताए ।

null 

 केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता लोकेश ढकालले भट्टराई जस्ता आदर्श व्यक्तिको सानिध्य पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए । कार्यक्रममा राजनीति, कुटनीति, सञ्चार, मानवअधिकार, समाजसेवा लगायतका विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x