×

सेबोन अध्यक्ष नियुक्तिमा अर्को प्रक्रिया शुरू: पुरानै सदस्य राखेर नयाँ समिति गठन

काठमाडाैं | असार १७, २०८१

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका निम्ति सरकारले पुनः पुरानै सदस्य रहने गरी नयाँ समिति गठन गरेको छ ।

गत शुक्रवार रद्द भएको अध्यक्ष छनोट प्रक्रियालाई अघि बढाउन सरकारले सोमवार बसेको मन्त्रिपरिषद बैठकले पुरानै सदस्य राखेर नयाँ समिति गठन गरेको हो ।


Advertisment

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधुकुमार मरासिनी र अर्का सदस्यका रूपमा उदय निरौला रहेको समिति गठन गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment

शुक्रवार बसेको पुरानो समितिको बैठकले प्रक्रिया रद्द हुने निर्णय गरेको थियो ।

अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत लगातार भएको २ पटकको प्रस्तुतीकरणमा ३ जना दुवै पटक अनुपस्थित भएका थिए । पछिल्लो प्रस्तुतीकरण गत हप्ता बुधवार भएको थियो ।

हाल नेप्सेको प्रमुख कार्यकारी अधिकृत रहेका कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं 'संगठित'रूपमै दुवैपटक अनुपस्थित भएका थिए ।

यसअघि उनीहरू असार २ गतेको प्रस्तुतीकरणमा अनुपस्थित भएका ३ जना आवेदक बुधवार पनि पुनः अनुपस्थित भएपछि प्रक्रिया रोक्ने या अघि बढाउने विषयमा समिति अन्योलमा परेको थियो । 

आवेदकमध्ये सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र अर्का आवेदक सन्तोषनारायण श्रेष्ठले भने दुवैपटक प्रस्तुतीकरण दिएका थिए ।

तीन जना सिफारिस गर्नुपर्ने कानूनी बाध्यता भएको तर दुई जना मात्र प्रस्तुतीकरणका लागि उपस्थित भएपछि समितिले महान्याधिवक्ता कार्यालयको समेत राय लिएको थियो ।

प्रक्रिया अघि बढाउने कि रोक्ने भन्ने अन्योलका बीच शुक्रवार समितिले प्रक्रिया नै रद्द गरेको सूचना निकालेको थियो ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि ६ महिना अघि समिति गठन गरेर प्रक्रिया थालिएको थियो ।

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x