×

मध्यरातमा विकसित घटनाक्रम

संविधान संशोधनसहित सत्ता सहकार्यको मस्यौदामा सहमति, देउवा र ओलीद्वारा हस्ताक्षरको तयारी

काठमाडाैं | असार १८, २०८१

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ । निरन्तरको गृहकार्यपछि कांग्रेस र एमालेका शीर्ष नेताले सोमबार मध्यराति नयाँ सत्ता समीकरण बनाउनेबारे सहमति गरेका हुन् ।

सम्झौतामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षरको तयारी गरेका छन् ।


Advertisment

स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार उक्त सम्झौतामा सरकारको नेतृत्व पहिले एमाले अध्यक्ष ओलीले लिने उल्लेख छ ।


Advertisment

उक्त सरकारलाई 'राष्ट्रिय सहमतिको सरकार'को नाम दिने विषयमा छलफल चलिरहेको छ । त्यसको डेढ वर्षपछि २०८४ को चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दललाई पनि आह्वान गरिने समग्र प्रक्रियामा सहभागी एक नेताले लोकान्तरलाई बताए । 

सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय पाउनेछ । कांग्रेसको भागमा गृहसहित १० वटा मन्त्रालय पर्नेछन् । बाँकी मन्त्रालय साना दलको लागि राखिने भएको छ ।

साना दलको निरन्तरको बार्गेनिङपछि जनतामा निराशा छाएको भन्दै प्रमुख दुई दलले जनतालाई सकारात्मक सन्देश दिने गरी सरकारले काम गर्ने दाबी गरेका छन् ।

संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधार, प्रदेश संरचनाका विषयमा देखिएका त्रुटीलाई सच्याउने, अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धता दुवै दलले व्यक्त गरेका छन् ।

दलहरुबीच स्थानीय तहको संख्या घटाउने विषयमासमेत छलफल भएको नेताहरु बताउँछन् ।

सातवटै प्रदेश सरकारमा भागबण्डा

दुई दलबीच सातवटै प्रदेश सरकारमा पनि भागबण्डा भएको छ । जसमा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।

त्यस्तै एमालेले कोशी, कर्णाली, लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ । मधेस सरकारको नेतृत्व मधेस केन्द्रित दलबाट हुने समझदारी जुटेको छ ।

नागरिकमा निराशा छाएको भन्दै संविधान संसोधनको लागि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संसोधन सुझाव समिति पनि बनाउने सहमति पनि भएको छ ।

यस अघि गत वैशाखमा पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउने समझदारीनजिक पुगे पनि त्यो प्रयास स्थगित भएको थियो । तर यसपटक देउवा र ओलबीच दुई तीन चरणको छलफलपछि असार १५ गते बालकोटमा तीन घण्टा लामो छलफल भएको थियो । सोही छलफल अनुसार दुवै दल नयाँ समीकरणमा सहमत भएका हुन् ।

शीर्ष तहमा सहमति जुटेपछि कांग्रेसका रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले मन्त्रालय, प्रदेशसहितको भागबण्डाको विषय टुंग्याएका हुन् ।

ललितपुरस्थित एक होटेलमा दोस्रो तहका नेताबीच सहमति जुटाइएको थियो । त्यसपछि कांग्रेस र एमालेका नेताले आन्तरिक छलफल गरेर सहमतिलाई अन्तिम रुप दिएको स्रोतको दाबी छ ।

कार्यदलस्तरमा सहमति जुटेपछि कांग्रेसका शीर्ष नेता ओलीसँगको छलफलका लागि मध्यरात बालकोट पुगेका थिए ।

प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठनको प्रक्रिया प्रवेश गर्नु अघि कांग्रेस र एमालेका शीर्ष नेता सोमबार मध्यरात नै राष्ट्पति निवास शीतलनिवास जाने तयारी गरेका छन् ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीले बनेकोले ओलीले प्रचण्ड विस्थापित हुँदा पनि यही धारामार्फत आफू प्रधानमन्त्री हुने ग्यारेन्टी खोजेका छन् ।  

यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँगै छलफल गर्नुपर्ने एमाले नेताहरूको तर्क छ ।

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x