३१ असार २०८३, बुधबार

गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी

मंसिर १६, २०८०
बुटवल
गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् ।

पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब पार्टी चलाउन नहुने बताएका हुन् । ‘हामीले चलाएको गुटले पार्टी चलाउन पनि सकेनौं, सरकार पनि चलाउन सकेनौं’ भण्डारीले भने, ‘सीमानाका रक्षा गर्न पनि सकेनौं । अब देउवाले नेतृत्व छाडेर शेखरलाई दिनुपर्छ ।’

चन्द्र भण्डारीले शुक्रवार नवलपरासीमा भएको कार्यक्रममा पनि समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक सभापति भएको हेर्न चाहेकोबताएका थिए ।

अब कांग्रेसमा डाक्टरको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

गुटबन्दीले संगठन वा देश नबन्ने बताउँदै उनले गुटको पछि भन्दा पनि संगठन वा देशका लागि काम गर्न आग्रह गरे ।

अहिलेको अवस्थामा जनताले खोजेको काम गरेर देखाउनु जरुरी रहेको बताउँदै उनले आफूलाई लागेको भन्दा पनि जनताले खोजेको र चाहेको काम बुझेमा मात्रै सफल बन्न सकिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्