
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् ।
कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेस नवलपरासीको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई शुक्रवार सम्वोधन गर्दै भण्डारीले पार्टी सभापति बन्नको लागि जनता र कार्यकर्ताले पत्याउनु पर्ने नेता चाहिने बताएका हुन् ।
‘कसैले पार्टी सभापति बन्छु भनेर उफ्रेर मात्र हुँदैन । जनता र कार्यकर्ताले पत्याउनु पर्छ । शेखर कोइराला जनताले आशा गरेको व्यक्तित्व हो’ भण्डारीले भने ।
कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखरले सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए ।