११ साउन २०८३, सोमबार

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्णरूपमा छुट दिने सरकारको निर्णय

साउन ६, २०८३
काठमाडौं
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्णरूपमा छुट दिने सरकारको निर्णय

सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार कानूनी व्यवस्थाअनुसार शिक्षा समता शुल्क तथा स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिन स्वीकृति प्रदान गरिएको हो।

यसअघि मंगलबार प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्