×

NMB BANK
NIC ASIA

विराटनगर आएर माधव नेपालले भने– कोशीमा सर्वदलीय सरकारको आवश्यकता छ

विराटनगर | कात्तिक १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । 

Muktinath Bank

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो अवस्थामा संख्याका कारणले अस्थिरता हुने भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने स्पष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री बनाएपछि शनिवार नेकपा (एमाले)सरकार बाट बाहिरिएको छ ।  


Advertisment
Nabil box
Kumari

यसैप्रति लक्षित गर्दै नेता नेपालले कोशीमा अब एक खाले गठबन्धन मात्रै भएको बताए ।

Vianet communication
Laxmi Bank

‘सर्वपक्षीय सरकार बनेको छैन,’ उनले भने, ‘कहिले को सत्तामा को प्रतिपक्षमा हुने भन्ने अवस्थाले गुज्रिरहेको अवस्था छ । त्यसैले सबै मिलेर सहमतिको सरकार बनाउनु पर्छ ।’ 

कोशी सधै अस्थिरतामा धकेलिरहेकोमा उनले चिन्ता व्यक्त गरे । 

‘सर्वदलीय सरकार बनाएर आलोपालो गरेको भए पनि हुने थियो । मैले पहिलेका मुख्यमन्त्री हिक्मत कार्कीजीलाई पनि भनेको थिए । तपाईंहरूको पार्टीको तर्फबाट स्थायी सरकार बनाउनका लागि पहल गर्नुहोस् । सरकार ढाल्ने बनाउने काममा नलाग्नुहोस् । तर भनेजस्तो हुँदैन रहेछ । यो सरकारले विश्वासको मत लिएकाले अब केही समय चल्छ होला,’ उनले भने । 

मुलुकको अवस्था कहालीलाग्दो रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ ।  ‘आर्थिक अवस्था सुधार गर्न व्यापक छलफल गरौँ भनेर मैले हिजो प्रधानमन्त्रीलाई भनेको छु,’ अध्यक्ष नेपालले भने, ‘भ्रष्टाचार अन्त्य गरेर जनताको निराशा अन्त्य गर्नुपर्छ भनेर पनि भनेको छु ।’ 

अर्को प्रशंगमा सरकारले रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णय गलत भएकोसमेत बताए । 

अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई भूकम्पपीडितको उद्धार तथा राहतमा खटिन पनि आग्रह गरेका छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

रास्वपाका उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडियो रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिँ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x