पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
काठमाडाैं | असार १६, २०८१
नागरिकमा चरम निराशा छाइरहेका बेला साना दलको बार्गेनिङ तथा नयाँ भनिएकाहरूको भड्काउ अभिव्यक्तिबाट आजित महसुस गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबीच पुनः संवादको थालनी भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीकै तहमा संवादको थालनी भएको हो । साथै, दुवै दलका दोस्रो तहका नेता पनि देउवा र ओलीलाई मिलाउन सक्रिय छन् ।
केही महिनाअघि पनि देउवा–ओली मिलाउने प्रयास तीव्र भएको थियो । तर, तत्कालीन अवस्थामा विभिन्न कारणले रोकिएको प्रयासले फेरि निरन्तरता पाएको विश्वस्त स्रोतको दाबी छ ।
यसबीचमा केही घटना देखिने नै गरी भएका छन् ।
अन्य नेतालाई घरमै पुगेर भेट्ने स्वभाव खासै नभएका कांग्रेस सभापति देउवा शनिबार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे । त्यसक्रममा देउवा र ओलीबीच करिब ३ घण्टा भलाकुसारी भयो ।
‘कांग्रेस र एमालेका नेताहरूले खुल्लमखुला २ दल मिल्नुपर्छ भनेर निरन्तर कुरा उठाएका छन् । मिल्ने सत्ता पल्टाउनका लागि मात्रै होइन,’ एमाले स्रोतले लोकान्तरसँग भन्यो, ‘पछिल्लो समय साना दलको अनावश्यक बार्गेनिङ, स्वतन्त्रका नाममा बढ्दो अराजकता र नागरिकमा बढ्दो निराशाबीच कसरी मिलेर जान सकिन्छ भनेर संवाद शुरू भएको हो ।’
गत निर्वाचनबाट राजनीतिमा आएका स्वतन्त्र जनप्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकमा निरन्तर भ्रम छरिरहेको कांग्रेस–एमालेका नेताहरूको बुझाइ छ ।
‘अर्धसत्यलाई बोकेर बदनाम गर्ने काम भइरहेको छ । यती, ओम्नी, गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थीजस्ता विषयमा नागरिकलाई दिग्भ्रमित गर्नेगरी अनावश्यक एवं भ्रमपूर्ण हल्ला चलाइएको छ । तेरो पनि फाइल खोल्दिन्छु, उसको पनि फाइल खोल्दिन्छु भनेर बार्गेनिङ गर्ने काम भइरहेको छ,’ एमाले स्रोत भन्छ, ‘तर नराम्रो मात्रै भएको चाहिँ होइन, धेरै राम्रा काम पनि भएका छन् । यसैले अहिले कांग्रेस–एमाले संवाद सरकारका विषयमा मात्र सीमित छैन । राम्रा काम पनि भएका छन्, अझै राम्रो सन्देश दिनेगरी मिलेर जानुपर्छ भन्ने हिसाबले कुरा भएको हो ।’
सत्तामै भए पनि रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेले खुला चुनौती दिएर आरजूमाथि छानबिन गर्ने बताएका थिए । यतिमात्रै होइन, सत्ता समीकरणको बाध्यात्मक स्थितिको फाइदा उठाउँदै गिरीबन्धुको विषयमा समेत सार्वजनिकरूपमा बोलेर एमाले नेतृत्वमाथि दबाब बढाएका छन् ।
अर्कातिर गत स्थानीय तहको निर्वाचनबाट उदाएका बालेन साह (काठमाडौं महानगरपालिकाका मेयर)ले पनि अराजकता मच्चाउने काम गरेको भन्दै शीर्ष नेताहरू असन्तुष्ट छन् ।
‘अराजक भएर सामाजिक सञ्जालमा लेख्ने, राज्यको खरिद नियम नमान्ने, एक लाखभन्दा बढी फलोअर भएका फेसबूक पेज किनेर दलविरुद्ध अफवाह फैलाउनेसम्मको अभ्यास गरेको देखे/सुनेका छौं । यति मात्रै होइन, काठमाडौं महानगरको स्रोतको दुरुपयोग गर्दै मेयरको सचिवालयको खाजा खर्च १ लाख भएको सूचना पनि आएको छ,’ एक नेताले लोकान्तरसँग भने, ‘प्रतिस्पर्धा एउटा कुरा हो, तर यसरी अराजक गाली गर्ने समूह खडा गरेर संस्थागतरूपमा आरोपित गर्नुलाई गम्भीर रूपमा लिनुपर्छ । अर्को चुनावसम्म यस्तै भइरहे स्थिति झन् के होला ?’
सिंहदरबार जलाउँछु, नेतालाई जेल हाल्छु भनेर काठमाडौं महानगरका मेयरले खुला चुनौती दिएको विषयमा पनि दलहरूले गम्भीर समीक्षा गर्ने संकेत देखाएका छन् ।
‘सामाजिक सञ्जालमा अराजक भएर प्रस्तुत हुने, तथ्य प्रमाण नदिई सिंहदरबार जलाउँछु, नेतालाई जेल हाल्छु भन्नेसम्मका अराजकता देखिएका छन् । बालेनका कर्मचारी राजाको पालाका जस्ता भएका छन्,’ अर्का एक नेता भन्छन्, ‘तर उनीविरुद्ध कुनै मिडियाले समाचार लेख्ने आँट गर्दैनन् । भ्युज बढाउने नाममा उनको मनोमानीलाई झन् प्रमोट गर्ने काम भएको छ । सोहीकारण यो भ्रमलाई चिर्नुपर्ने अवस्था छ ।’
संघीय सरकारले गरेको कामका विषयमा समेत बालेनले अनावश्यक प्रचार गरिरहेको एमालेका एक नेताले बताए ।
‘काठमाडौं देशको राजधानी शहर हो । यहाँ केन्द्र (संघ सरकार)का पनि ठूला प्रोजेक्ट छन् । बिजुलीबजारको पुल संघ सरकारले बनायो । तर, बालेनले दुई/चारवटा गमला राखिदिएपछि कसैले ड्रोनले फोटो र भिडियो खिचेर आहा बालेनको शहर भन्दै हल्ला फैलाउने काम भयो । राज्यले धरहरा बनाउँछ, तर बालेन सेतो टावर भनेर खिस्सी गर्छन्,’ ती नेता भन्छन्, ‘तर पुरानाले सबै बिगारे, उनीहरूले गरेको राम्रो काम पनि नयाँले गरे भनेर नागरिकलाई भड्काउने काम भएको छ । यो प्रवृत्तिलाई परास्त गर्नुपर्छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोत पनि नागरिकमा उत्साह ल्याउनुपर्ने, कतिपय विषयमा राष्ट्रिय एकता गर्नुपर्ने भएकाले ठूला दलबीच संवादको आवश्यकता परेको तर्क गर्छ ।
‘नागरिकमा उत्साह ल्याउनुपर्नेछ, काम देखाउनुपर्नेछ, संविधान रिभ्यु गर्ने बेला पनि आउन लाग्यो, त्यसैले २ प्रमुख दलबीच कुराकानी जरुरी भइसकेको छ । त्यसैका लागि कांग्रेस–एमालेबीच प्रारम्भिक छलफल भएको हो,’ ती नेताले लोकान्तरसँग भने, ‘यसअघि कांग्रेस–एमाले मिल्नुपर्छ भनेर केही समय छलफल पनि चलेको हो, ती विषय त्यत्तिकै सेलाए । अहिले पुनः अगाडि बढेको छ, हेरौं कहाँसम्म पुग्छ ।’
गलत हौवाविरुद्ध बलियो संरचना बनाएर जानेबारे सिरियस छलफलको वातावरण बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतको दाबी छ । ‘केही महिना पहिले पनि छलफल अगाडि बढेको थियो । बीचमा केही ‘ब्रेक’जस्तो भयो । अहिले आएर अचानक छलफलको प्रयास भएको होइन, यो दलहरूबीचको निरन्तर प्रयासको परिणाम हो,’ स्रोत भन्छ, ‘अनावश्यक हौवाविरुद्ध राज्यले डेलिभरी दिने, सुशासनको प्रत्याभूति दिने, जनताले सास्ती नबेहोर्ने काम गर्ने, बलियो संरचना बनाउने तथा कुनै दलले बहुमत ल्याउनेगरी निर्वाचन प्रणाली फेरबदल गर्ने विषयमा कांग्रेस–एमालेभित्र ठूलो बहस छ ।’
अहिले सत्ताको नेतृत्व गरेको माओवादीको ३२ सीट छ । तर, यही ३२ सीटको बलमा माओवादीले शुरूमा एमाले, त्यसपछि कांग्रेस अनि अहिले फेरि एमालेसँग मिलेर प्रधानमन्त्री खाँदै आएको छ । यतिमात्रै होइन, प्रचण्डले पाँचै वर्ष प्रधानमन्त्री खाइदिने सार्वजनिक दाबी समेत गरेका छन् ।
‘सबै परिस्थिति र तरिका मिल्यो भने पूरै अवधि सरकारमा बसिन्छ भन्ने परिस्थिति देखेको छु, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन कसैलाई पनि सजिलो छैन’, प्रचण्डले केही दिनअगाडि भनेका थिए, ‘हामीसँग जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाइहाल्छ । त्यसैले थोरै नम्बर छ भनेर चिन्ता गर्नुपर्दैन,’ केही दिनअगाडि एक कार्यक्रममा प्रचण्डले भनेका थिए ।
प्रचण्डको यस्तो अभिव्यक्तिले कांग्रेस–एमाले दुवै भस्किएका देखिन्छन् ।
प्रचण्ड मात्र होइन, १० सीटको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । सोही कारण पनि ठूला दलहरू कि आफूहरू मिल्ने कि त सानालाई बोक्नुपर्ने बाध्यतामा छन् ।
देउवाले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका हुन् ?
शनिबारको भेटमा देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको चर्चा हुन थालेको छ ।
विश्वस्त स्रोतका अनुसार विभिन्न मुद्दामा मिलेर अगाडि बढ्ने विषयमा छलफल भए पनि भावी सरकारको नेतृत्व कसले गर्ने भन्ने तहमा प्रस्ट समझदारी भएको छैन ।
देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको हो ? भन्ने प्रश्नलाई बालकोट स्रोतले सिधै नकारेन ।
‘ठ्याक्कै प्रस्ताव नै भन्ने त होइन, तर औपचारिक प्रस्ताव हो भने कति भरपर्दो हो, त्यो हेर्नुपर्ने हुन्छ । यसअघि दुईपक्षीय, तीनपक्षीय भेटवार्ता भइरहेकै छन् । प्रचण्ड–ओली–देउवा, देउवा–प्रचण्ड, प्रचण्ड–ओली सबैबीच भेट हुँदै आएको छ,’ बालकोट स्रोतले भन्यो, ‘यस्तै भेटको शिलशिलामा शनिबार पनि भेट भएको हो । मात्र ठाउँ अलिकति फरक र संवाद अलि लामो भएको हो ।’
ओलीनिकटकै अर्का एक नेताले संविधान संशोधन गरेर बलियो संरचना बनाई दुईदलीय प्रणालीको आधार तयार पार्नुपर्ने आवश्यकता रहेको बताए । ‘च्याँखे दाउ थाप्नेहरूलाई ध्वस्त बनाउन पनि दुई ठूला दल मिलेर संविधान संशोधन गर्नुपर्ने हो । त्यसले दुईदलीय व्यवस्था कायम गर्न भूमिका खेल्छ । नतिजामा बलियो शासन प्रणाली अगाडि बढ्छ,’ ती नेताले भने, ‘शीर्ष नेताको घैँटोमा कतिबेला घाम लाग्छ भनेर कुरिरहेका छौं ।’
कांग्रेस–एमाले छलफल अगाडि बढे पनि भदौसम्म केही भइहाल्ने नदेखिएको उनले बताए ।
एमालेका महासचिव शंकर पोखरेलले त सार्वजनिक मञ्चबाटै पटक–पटक नेपालमा दुईदलीय व्यवस्थामा गए मात्रै राज्यसंयन्त्रले नतिजा दिनेगरी काम गर्न सक्ने बताउँदै आएका छन् ।
कांग्रेसबाट पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेबाट शंकर पोखरेल पछिल्लो समय दुई दल मिलेर अगाडि बढ्नुपर्ने विषयमा पार्टीबीच छलफल चलाउन सक्रिय देखिन्छन् ।
ओली र देउवाबीच छलफल भएपछि आइतबार सत्तारुढ दलका शीर्ष नेताको बैठक बसेको थियो । बालकोटमा देउवा र ओलबीच गम्भीर छलफल भएको छनक पाएरै प्रचण्डले एमाले अध्यक्ष ओलीलाई सिंहदरबार बोलाएर छलफल गरेका हुन् ।
उक्त छलफलमा पछि रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका थिए ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...