कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू छोरीको घरमा रहेको बेला सो घटना भएको जानकारी दिइन् ।
सानीभेरी गाउँपालिका–०४ घर भएकी बुढाथोकीले सो क्रममा आफूले नातिनीलाई पनि जोगाएको बताइन् ।
‘म छोरीको घरमा थिए । नातिनी र छोरी पनि सँगै थिए,’ उनले भनिन्, ‘राति एक्कासी भूकम्प आएपछि हामी घरभित्रै थुनियौं ।’ भूकम्प गएको एक घण्टापछि छोरो आएर आफूलाई घरबाट निकालेको उनले बताइन् ।
‘हामीलाई छोरो आएर ननिकालेको भए हामी जिउँदो रहने थिएनौं,’ बुढाथोकी भन्छिन्, ‘बाहिर निस्किन सक्ने अवस्था थिएन । छोराले जसोतसो तीनै जनालाई जोगायो ।’
उनले आफू बसेको घर पुर्णरुपमा क्षति भएको बताइन् । ‘हाम्रा घरहरू सबै भत्किएका छन्, बल्ल ज्यान भने जोगियो,’ उनले आफ्ना छिमेकीको अवस्था जानकारी दिँदै भनिन्, ‘वल्लोपल्लो घरका धेरै बिते, नसोचेको घटना भोग्नु पर्यो ।’
भूकम्पबाट बाँच्न सफल भएकी बुढाथोकीका शरीरका विभिन्न भागमा भने चोट लागेको पाइएको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको निधन भइसकेको छ भने कम्तीमा १९७ घाइते भएका छन् ।
हेरौं भिडियोः
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...