०७ साउन २०८३, बिहीबार
जाजरकोट भूकम्प

अपडेटः भूकम्पबाट कम्तिमा ११९ जनाको मृत्यु

कात्तिक १८, २०८०
काठमाडौं
अपडेटः भूकम्पबाट कम्तिमा ११९ जनाको मृत्यु

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोष रोकाले भूकम्पबाट हालसम्म ९२ जनाको मृत्यु भएको पुष्टि गरे । 
यस्तै भूकम्पमा रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मृत्यु हुनेमा महिला १२ जना र पुरुष १५ जना रहेको जनाएको छ । 

शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्