×

भारत दोस्रो पटक विश्वविजेता

दक्षिण अफ्रिकाको केही लागेन, भारतले जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडाैं | असार १५, २०८१

भारतले आईसीसी टी-२० विश्वकप  क्रिकेटको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै भारतले विश्वकपको उपाधि जितेको हो । 

बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो । यससँगै पहिलो पटक टी-२० विश्वकपको उपाधि जित्ने दक्षिण अफ्रिकाको सपना चकनाचुर बनेको छ ।


Advertisment

भारतले भने सन् २००७ मा पनि टी–२० विश्वकपको उपाधि जितेको थियो । यो सँगै उसले दोस्रो पटक उपाधि जितेको छ ।


Advertisment

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । 
दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए । 

यसैगरी क्वीनटन डी ककले ३१ बलमा ३९ रन, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिँदा डेभिड मिलरले १७ बलमा २१ रन बनाए । दक्षिण अफ्रिकाले जितका लागि निकै संघर्ष गरेपनि भारतीय बलरसामू पछिल्लो ओभरहरुमा निरीह सावित भए । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै रन १७६ बनाएको थियो । 

भारतको विशाल लक्ष्य बनाउने क्रममा विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५९ बलको सामना गर्दै टीमका लागि ७६ रनको योगदान दिए ।

जसमा ६ चौका र २ छक्का समेत समावेश थियो । विश्वकपमा खासै चल्न नसकेका विराटले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै भारतका लागि सम्मानजनक स्कोर बनाएका हुन् । 

यस्तै कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने ऋषभ पन्त शून्य रनमा आउट भए । 

यस्तै सूर्यकुमार यादव पनि ३ रन जोडेर आउट हुँदा अक्षर पटेलले भने ४७ रन बनाए । 

यस्तै शिवम दुवेले पनि २७ रन बनाउँदा दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए । 

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x