०८ साउन २०८३, शुक्रबार

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले गरे सन्न्यासको घोषणा

जेठ ३, २०८१
काठमाडौं
भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले गरे सन्न्यासको घोषणा

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । 

 क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् ।

४० वर्षका क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए । क्षेत्रीले पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

सुनीलले १५० खेलमा ९४ गोल गरेको बीबीसी हिन्दीले जनाएको छ । समाचारमा जनाइएअनुसार अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गरेका छन् ।

क्षेत्री भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्