२६ जेठ २०८३, मंगलबार
विश्वकप खेल्न भिसा नदिएको आक्रोश

सन्दीपका समर्थक आन्दोलनमाः अमेरिकी दूतावास घेर्न नपाएपछि बालुवाटारमै धर्ना [तस्वीरहरू]

जेठ १६, २०८१
काठमाडौं
सन्दीपका समर्थक आन्दोलनमाः अमेरिकी दूतावास घेर्न नपाएपछि बालुवाटारमै धर्ना [तस्वीरहरू]

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् ।

null

दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै धर्नामा बसेका हुन् । 

null

बुधवार दिउँसो युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्जतर्फ लागेको थियो । तर बीचमै रोकिएको हो ।

null

टी–२० विश्वकप खेल्न जान सन्दीपलाई अमेरिकी दूतावासले भिसा नदिएपछि समर्थक आक्रोशित बनेका हुन् ।
null

यसअघि निशेधाज्ञा तोड्न लागेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि यसको झडपको स्थिति सिर्जना भएको थियो ।

null

पछि स्थिति सामान्य भएपछि धर्नामा बसेका हुन् ।

null

बलात्कार आरोपबाट गत जेठ २ गते सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।

null

यसबाट समर्थकहरू आक्रोशित बनेका हुन् । यही जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ ।

null

नेपाली टोली भने अहिले विश्वकपको तयारीस्वरुप अमेरिकामा अभ्यास खेल खेलिरहेको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्