०५ साउन २०८३, मंगलबार

लखनऊविरुद्ध दिल्लीको जीत, दुवैको प्लेअफ पुग्ने सम्भावना न्यून

जेठ २, २०८१
काठमाडौं
लखनऊविरुद्ध दिल्लीको जीत, दुवैको प्लेअफ पुग्ने सम्भावना न्यून

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो । लखनऊका लागि निकोलस पुरनले २७ बलमा सर्वाधिक ६१ रन बनाए । अर्षद खानले ३३ बलमा ५८ रन बनाए । क्रुनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडे । दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २०८ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३३ बलमा सर्वाधिक ५८ रन बनाए भने स्टब्सले २५ बलमा ५७ रन जोडे । साई होपले ३८ तय ऋषभ पन्तले ३३ रन बनाए ।

लखनऊका नवीन उल हकले २ तथा अर्शद खानले र रवि विश्नोइले १-१ विकेट लिए ।

यो जितसँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्लीले १४ खेलमा १४ अंक बटुलेको छ । लखनऊको भने एक खेल बाँकी रहँदै १२ अंक छ ।

दिल्लीको प्लेअफ पुग्ने सम्भावना आधिकारिक रूपमा समाप्त नभए पनि सम्भावना न्यून रहेको छ । लखनऊले पनि प्लेअफमा पुग्न अन्तिम खेलमा ठूलो अन्तरको जीत हासिल गर्दै अन्य नतिजामा भर पर्नु पर्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्