१० साउन २०८३, आइतबार

शहरी प्रतिद्वन्द्वी सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

जेठ १३, २०८१
काठमाडौं
शहरी प्रतिद्वन्द्वी सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।

युनाइटेडलाई‌ जीत दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले एक–एक गोल गरे । सिटीका जेरेमी डोकुले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा माइनोले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्यो । यस क्रममा खेलको ८७ औं मिनेटमा डोकुले सिटीका लागि गोल गरे । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल हुन सकेन र २–१ ले पराजित भयो ।

गत वर्ष युनाइटेडलाई‌ २–१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो । अहिले युनाइटेडले आफ्नो प्रमुख प्रतिद्वन्द्वी सिटीसँग बदला लिएको छ । सिटी इंग्लिस प्रिमियर लिगको विजेता पनि हो । तर एफए कप जित्न भने असफल भएको छ ।

एफए कपमा युनाइटेड सर्वाधिक दोस्रो सफल टोली हो । युनाइटेडको‌ योसँगै १३ औं पटक एफए कप उपाधि हो । 

यस्तै आर्सनलले सर्वाधिक १४ पटक एफए कप जितेको छ । यो सफलतासँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्