१८ असार २०८३, बिहीबार

असार १५ दही च्यूरा खाएर मनाइयो

असार १५, २०८१
काठमाडौं
असार १५ दही च्यूरा खाएर मनाइयो

प्रत्येक वर्ष असार १५ गते दही च्यूरा खाएर मनाइने सांस्कृतिक परम्परा यसवर्ष पनि जारी रह्यो । आज देशभर दही च्यूरा खाएर असार १५ मनाइयो । 

खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेदेखि नै मनाउन थालिएको हो । असार ‘मुठी रोपेर मुरी उमार्ने’ महिनाका रूपमा सदियौँदेखि चिनिँदै आएको छ । विसं २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर आज पनि खेतमै रमाइलो गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्