
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ ।
शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने उद्घोष गरेको छ ।
मौद्रिक नीतिमा राष्ट्र बैंकले ११ दशमलव ५ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो । अहिलेसम्म जम्मा ४ प्रतिशत मात्र कर्जा विस्तार भएको छ ।
राष्ट्र बैंकले यही स्थितिलाई मध्यनजर गर्दै कर्जा बिस्तार खुकुलो बनाएको हो ।
मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको छ ।
यो व्यवस्थासँगै ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् ।
यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्रै त्यसरी भुक्तानी गर्न पाइने व्यवस्था थियो ।
समीक्षामा सवारी कर्जाको जोखिमभार पनि कम गरिएको छ । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक समीक्षामा भनिएको छ ।
यस्तो छ पूर्णपाठ