२९ जेठ २०८३, शुक्रबार

मदिरा सेवन गरेर हल्ला गरेपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल

असार १३, २०८१
काठमाडौं
मदिरा सेवन गरेर हल्ला गरेपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल

दुबई जान लागेका गायक राजेशपायल राईले मदिरा सेवन गरेर जहाजमा होहल्ला गरेपछि घर फिर्ता पठाइएको छ । 

आज मध्याह्न फ्लाई दुबईको विमानमार्फत् दुबई जान लागेका उनले जहाज चढिसकेपछि होहल्ला गरेका थिए ।

जहाजमा होहल्ला र ​एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फिर्ता पठाइएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताए । 

राईले अत्यधिक मदिरा सेवन गरेर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप छ । 

जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्