०१ असार २०८३, सोमबार

११ दिनदेखि सुरुङमा फसेका मजदुरलाई पाइपबाट खिचडी पठाइयो

मंसिर ५, २०८०
काठमाडौं
११ दिनदेखि सुरुङमा फसेका मजदुरलाई पाइपबाट खिचडी पठाइयो

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा ४१ मजदुर फसेका छन् । 

उनीहरूसँऊ निरन्तर सम्वादसमेत भइरहेको समाचारमा उल्लेख छ । उनीहरूलाई निकाल्न प्रयास भइरहेको छ । 

भारतीय उद्धारकर्मीहरूले उनीहरूलाई निकाल्न सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उद्धारकर्मीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् । 

सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

इन्जिनियहरूले भग्नावशेषबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सोरूपमा लैजाने प्रयास गरिरहेका छन् । उक्त चौडाइको पाइपबाट फसेका कामदारलाई बाहिर निकाल्न सहज हुनेछ तर, अधिकारीहरूका अनुसार भग्नावशेषका बीच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रबार राति ड्रिलिङ बन्द गरिएको थियो । उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्