२६ असार २०८३, शुक्रबार

पाकिस्तानको सुरक्षाकर्मीको गाडीमाथि आक्रमण, १४ सैनिकको मृत्यु

कात्तिक १७, २०८०
काठमाडौं
पाकिस्तानको सुरक्षाकर्मीको गाडीमाथि आक्रमण, १४ सैनिकको मृत्यु

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ ।

घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय राजमार्गमा सुरक्षा बलको काफिलामाथि आक्रमण भएपछि विवरण सङ्कलन र आवश्यक प्रतिक्रियाका लागि हाम्रो टोली त्यस क्षेत्रमा पुगेको छ ।”

नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक सैनिक अधिकारीले १४ जना सैनिक मारिएको बताएका छन् ।

एएफपीलाई प्राप्त तस्बिरमा जलेका शवहरू सडकभरि छरिएका देखिएका छन् तर यसबारे कसैले जिम्मेवारी लिइसकेको छैन । 

इरानको सीमादेखि कराँचीसम्मको समुद्री तटलाई पछ्याउने राजमार्गमा रहेको बलुचिस्तानको माछा मार्ने शहर पास्नी नजिकै सो आक्रमण भएको हो । 

बलुचिस्तानमा जातीय बलोच गुरिल्लाहरूले प्रान्तको समृद्ध ग्याँस र खनिज संसाधनहरूको दोहनको आरोप लगाउँदै सरकारसँग दशकौंदेखि सङ्घर्ष गर्दै आएको छ ।बलोच समुदायले लामो समयदेखि प्रान्तको मुनाफाको उचित हिस्सा नपाएको गुनासो गर्दै आएका छन् । यसै अधिकारका लागि सङ्घर्ष गर्ने स्थानीयहरूबीचबाट पृथकतावादी समूहहरू जन्मिएका छन् ।

यसैबीच पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा प्रहरी भ्यानलाई लक्षित गरी भएको बम विष्फोटमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । 

अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान शहरमा हालैका महिनाहरूमा हिंसात्मक घटनाहरू बढेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्