२७ असार २०८३, शनिबार

दुबईको क्वालिटी आइसक्रिम अब नेपालमा​​​​

असार ६, २०८१
काठमाडौं
दुबईको क्वालिटी आइसक्रिम अब नेपालमा​​​​

एसआईआईपीएल ग्रुप नेपालले क्वालिटी आइसक्रिम आधिकारिक रुपमा नेपाल भित्र्याएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत क्वालिटी आइसक्रिम आधिकारिक रुपमा नेपाल भित्र्याइएको जानकारी दिइएको हो ।​​

उक्त कार्यक्रममा सेलिब्रेटी, इन्फ़्लुएन्सर एसआईआईपीएलका ​अध्यक्ष सौरभ ज्योति, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अली (सेल्स, मार्केटिंग तथा सप्लाई चेन), ज्योति ग्रुपका कर्मचारी र विभिन्न व्यापारिक क्षेत्रका अतिथिहरू सहभागी थिए ।

क्वालिटी आइसक्रिम, भारतको ग्रेभिस समूह अन्तर्गत प्योर आइसक्रिमद्वारा उत्पादित एक प्रतिष्ठित ब्रान्ड हो ।

सन् १९७७ मा, संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्रान्डको रूपमा स्थापना भएको क्वालिटीले आफ्नो उच्च गुणस्तर र स्वादिष्ठ फ्लेभर्सले गर्दा विश्वभरकै आइसक्रिम पारखीहरूको रोजाइको ब्रान्ड बनेको छ ।

गत वर्षको अक्टोबरदेखि देशभरका डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरूमा उपलब्ध क्वालिटी आइसक्रिमले हालै आफ्नै किओस्क र कार्टहरू सञ्चालन गरेको छ । विशिष्ट स्वादहरूले गर्दा यसले नेपालमा निरन्तर रूपमा लोकप्रियता पाइरहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्योर आइसक्रिमका सेल्स, मार्केटिंग तथा सप्लाइ चेनका भाइस प्रेसिडेन्ट मजहर अलीले नेपाली उपभोक्ताहरूको बदलिँदो जीवनशैली अनुसार गुणस्तरीय उत्पादन गरिने बताए ।

बढ्दो बजारको मागलाई सम्बोधन गर्दै विभिन्न अन्तराष्ट्रिय फ्लेभरका आइसक्रिमहरु भित्र्याएको उनको भनाइ थियो ।

साथै एसआईआईपीएल नेपालका अध्यक्ष ज्योतिले नेपालमा क्वालिटी आइसक्रिमलाई प्राप्त गरेको स्वागत उत्साहजनक रहेको बताए ।

आगामी वर्ष भित्र देशव्यापी रूपमा दुई सय स्थानमा विस्तार गर्ने योजना रहेको उनले बताए । नेपालभरका इच्छुक व्यवसायहरूबाट पार्लर, कार्ट, आउटलेटहरूमा लगानी र सहकार्यलाई स्वागत गरिने  उनको भनाइ थियो ।

क्वालिटीले पिस्ता, फ्रुट सलाद, म्यांगो, मलाई पिस्ता कुल्फी र कुकीज एण्ड क्रिम जस्ता अन्य धेरै उत्कृष्ट फ्लेभरहरू सहित स्टिक, कप र टबहरूमा अन्तर्राष्ट्रिय स्वादहरू विक्री गर्दै आएको छ।

salt training

कमेन्ट गर्नुहोस्