०५ साउन २०८३, मंगलबार
आत्मदाह प्रकरण

गणेश नेपालीको मृत्यु प्रकरण : वार्तास्थलमा श्रीमतीसहितका आफन्त प्रवेश

असार २७, २०८३
काठमाडौं
गणेश नेपालीको मृत्यु प्रकरण : वार्तास्थलमा श्रीमतीसहितका आफन्त प्रवेश

आत्मदाहबाट मृत्यु भएका गणेश नेपालीको विषयमा जारी वार्ताका क्रममा उनका श्रीमतीसहितका आफन्त वार्तास्थलमा प्रवेश गरेका छन्।

शनिबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकार र पीडित पक्षबीच घटनासम्बन्धी विषयमा छलफल भइरहेका बेला गणेश नेपालीका परिवारका सदस्य वार्तामा सहभागी हुन पुगेका हुन्।

वार्तामा घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय, क्षतिपूर्ति तथा अन्य मागका विषयमा छलफल भइरहेको जनाइएको छ।

काठमाडौं महानगर प्रहरीसँगको विवादपछि बिहीबार ​आत्मदाह गरेका गणेश नेपालीको शुक्रबार मृत्यु भएको थियो ।

परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।

यसअघि गणेश नेपालीको न्यायको माग गर्दै आजै वीर अस्पताल अगाडि प्रदर्शनसमेत भएको थियो । प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्