२५ असार २०८३, बिहीबार

चीनमा पर्यटन प्रवर्द्धनका लागि अनेक उपाय

जेठ ६, २०८१
काठमाडौं
चीनमा पर्यटन प्रवर्द्धनका लागि अनेक उपाय

यस वर्ष चीनले पर्यटन दिवस मनाउनका लागि एक महिना लामो अभियानमा पर्यटन प्रवर्द्धन गर्न चीनभर सातवटा श्रेणीमा छ हजार तीन सयभन्दा बढी प्राथमिकताका उपाय लागू गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले सबै इलाकाहरूले १० करोड युआन (करिब एक करोड ४१ लाख अमेरिकी डलर) मूल्यको उपभोक्ता भौचरहरू जारी गर्नका लागि उद्योग सङ्घ, प्लेटफर्म कम्पनी, टेलिकम अपरेटरहरू र वित्तीय प्लेटफर्महरूसँग काम गरेको बताएको छ । 

संस्कृति तथा पर्यटन उपभोगका लागि मानिसहरूको आवश्यकतालाई राम्ररी पूरा गर्न मूल्यमा कटौती र दर्शनीय स्थलहरूमा निःशुल्क प्रवेश तथा पर्यटन उद्यमहरूमा छुटजस्ता गतिविधिहरू सुरु गरिएको मन्त्रालयले जनाएको छ । यस वर्षको मे १९ तारिख १४ औँ चीन पर्यटन दिवस हो । 

salt training

कमेन्ट गर्नुहोस्