मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
काठमाडाैं | मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।
नेपाल प्रहरीले प्रसाईं र बस्नेतको घर वरपर सादा पोशाकमा आफ्ना सुरक्षाकर्मीहरूलाई निगरानीका लागि खटाएको छ । अनुसन्धान गर्ने उपत्यकाभित्र रहेका प्रहरीका विभिन्न निकायले सुक्ष्मरुपमा निगरानी गरिराखेका छन् । उनीहरूले बिहीवार हुने तय भएका कार्यक्रमको तालिका अध्ययन गरेर त्यहाँ हुनसक्ने सम्भावित घटनाका विषयमा अध्ययन गरेको एक प्रहरी अधिकारीले लोकान्तरलाई जानकारी दिए । त्यसबारे विशेष प्रतिवेदन तयार गरेर सम्भावित दुर्घटना रोक्न सोहीअनुसार काम गर्ने तयारी भएको उनको भनाइ छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले भीडलाई नियन्त्रण गर्न र उचित सुरक्षा दिन विशेष सुरक्षा योजना नै बनाइएको जानकारी दिए ।
‘हामीले एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा दिइरहेका छौं र बिहीवारको कार्यक्रमका लागि सुरक्षा पनि त्यसैअनुसार चल्नेछ,’ उनले लोकान्तरसँग भने ।
सुरक्षा निकायका अनुसार दुर्गा प्रसाईंले आफ्नो कार्यक्रममा देशभरबाट २५ हजार आउने आकलन गरेका थिए । तर पछि उनले एकजना आउने ठाउँमा तीनजना आउने दाबी गर्दै एक लाख मानिस उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् । महेश बस्नेत समूहले भने आफ्नो कार्यक्रममा कति सहभागी हुन्छन् भन्नेबारे जानकारी गराएका छैनन् ।
प्रहरी अधिकारीहरूले गरेको सुक्ष्म विश्लेषणमा प्रसाईंको कार्यक्रममा सात हजारको हाराहारीमा र बस्नेतको कार्यक्रममा तीन हजार ५०० को हाराहारीमा मानिस उपस्थित हुनसक्ने आकलन गरेका छन् ।
‘हाम्रो आकलनमा दुर्गा प्रसाईंको प्रदर्शनमा सात हजारसम्म र महेश बस्नेतको मा तीन हजार ५०० सम्म मानिस उपस्थित हुन सक्छन्,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।
उपत्यकामा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना जनशक्ति परिचालन गरेका छन् ।
प्रहरीले चार हजारभन्दा माथि र सशस्त्र एक हजार ५०० भन्दामाथि प्रहरी परिचालन गर्नेगरी तयारी अवस्थामा राखेका छन् । प्रहरीले उपत्यकामा करिब साढे दुई हजार प्रहरी प्रदर्शनस्थलमा खटाउने तयारी गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बुधवार एक सूचना जारी गर्दै यस्तो अपिल अत्यावश्यकबाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीले अपिल गरेको छ ।
‘काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यही मंसिर ७ गते विभिन्न समूहद्वारा र्याली, जुलुसका साथै विरोध प्रदर्शन गर्ने भन्ने बुझिन आएको छ । यसैले काठमाडौं उपत्यकाभरी सवारी आवागमनमा असहजता हुनसक्ने हुँदा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्किन हुन अनुरोध छ,’ अपिलमा भनिएको छ ।
प्रहरीले सवारी लिएर निस्किनु पूर्व १०० वा १०३ नम्बरमा फोन गर्न र ट्राफिक एफएम ९५.५ निरन्तर सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
रास्वपाका उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडियो रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन् । प्रतिनिधि सभा बैठकबाट बाहिरिँ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...