×

NMB BANK
NIC ASIA

कर्णालीमा पाहुनाको सत्कार : होटल चलाउन एक घण्टा ओरालो, दुई घण्टा उकालो !

कात्तिक २८, २०७४

NTC
Premier Steels

मुगु, २८ कात्तिक–मुगु जिल्लाको उत्तर पश्चिममा रहेको स्वरु गाउँपालिका–२ नाचार गाउँका ४३ वर्षीय लुवार शाहीले पातीआल्ना लेकमा खच्चरबाट पानी बोकेर होटल व्यवसाय चलाउँदै आएका छन् ।

Muktinath Bank

हरेक दिन दुईवटा खच्चर लिएर ४ ग्यालीनमा ८० लिटर पानी बोकेर एक घण्टा ओरालो झरेर दुई घण्टा उकालो चढेर जंगलको बीचमा उनले होटल चलाउँछन् । यसरी चलाएको होटलबाट उनले पत्नी सहित ८ जनाको परिवार पाल्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष गरेर हुम्लाको तल्लो क्षेत्र जैर, श्रीनगर, तुम्च, मकै, मैला, मदना, गल्वा, सिरुपाटा, मेल्चाम लगायतका वस्तीहरुका व्यापारीहरुको मुगु गमगढी जाने आउने बाटो यही ठाउँ मुख्य हो ।


Advertisment
Nabil box
Kumari

Vianet communication

मुगुको नेर, फोतु, लिबु्र, रावलबाडा र भाड गाउँदेखिका मान्छेहरुको सदरमुकाम ओहोर दोहोर गर्ने बाटो पनि यहिँ रहेको छ ।

होटलमा खान, बस्न, चिया, चाउचाउ, सिमी, रोटी  पाउनुका साथै ३ घण्टाको लामो ठाडो उकालो हिँडेर थाकेका सर्वसाधारण तथा ब्यापारीका लागि थकाई मेटाउने चौतारो जस्तै बनेको छ । 

‘६ महिनादेखी यस्तै दःुख गरेर ब्यापार गरिरहेको छु । सामान्य घर खर्च चलिरहेको छ,’ शाहीले भने, ‘पैसा पनि अलिअलि त कमाउँछु तर सबै घरखर्च ठिक्क हुन्छ ।’

शाहीले केही समयपछि होटलको आम्दानी बढ्नेमा आशावादी रहेका छन् । ‘बिहानै जंगलको बाटो पानी लिन जानु पर्छ । ठाडो उकालो छ,’ शाहीले भने, ‘बाघ भालुको डर हुन्छ, मान्छेको चाप बढ्दा कमाई पनि हुन्छ । मान्छेको चाप बढ्यो भने एकै दिनमा दुई हजारसम्मको व्यापार हुन्छ ।’

‘उकालोमा पानीसम्म पाइदैनथ्यो । आजभोलि यो होटल भएदेखि तिर्खा, भोक र थकाइ मेटाउन पाएकाछौँ,’ सोरु गाउँपालिका ४ का अक्कल बुढाले भने, ‘अझै राम्रो र सुविधासम्पन्न बने सबैलाई सजिलो हुनेछ ।’

निकै उकालो अनि गर्मीले धेरै समस्या हुने भएपनि अहिले चाहिँ सहज भएको उनले बताए । व्यापारीहरुले जंगलको बीचमा खाना खाजा पाउँदा खुसी छन् ।

‘तल्लो हुम्ला र मुगु सोरुका केही वस्तीहरुका मान्छेहरु झोलामा पानी र नास्ता बोकेर हिन्नु पथ्र्यो,’ फोतुलिबु्र गाउँका अंग बहादुर शाहीले भने ।    

यसरी निरन्तर होटल चलाउँदै जाने र ब्यवस्थित गर्दै जाने हो भने आन्तरिक पर्यटकहरुको वृद्धि हुनसक्ने  राम्रो सम्भावना यो ठाउँमा देखिन्छ ।

एक त तल्लो हुम्लाको ब्यापारिक नाका, अर्कोतिर हुम्ला जैरगाउँको तल कर्णाली तिरमा (लुमछहरा तातोपानी गुफा) नुहाउन हिउँदे सिजन । विशेष गरेर माघ महिनामा टाढा टाढाबाट मानिसहरु यहि बाटो भएर आउने गर्दछन् ।

यता सोरु गाउँपालीका ३ मा पर्ने (कुला तातोपानी गुफा) मा पनि हुम्ला, बाजुराका केही मानिसहरु पातीआल्नाकै बाटो भएर तातोपानी नुहाउन आउने गरेका छन् । यो बर्ष सोरु गाउँपालीकाले कुलाअ तातो पानी गुफामा एक हप्ते महोत्सबको आयोजना गर्ने तयारी समेत गरिएको छ ।

यी विविध बिविध कारणहरुले गर्दा पनि होटल व्यसायको आम्दानीमा राम्रो बृद्धि विकास हुन सक्ने शाहीले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x