फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नयाँ संविधान अनुरुप स्थानीय, प्रदेश र प्रतिनिधिसभा गरी तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । यसका साथै लामो समयदेखि मुलुकमा जारी संक्रमणको पनि अन्त्य भएको छ भने हुन्छ । अब नयाँ संविधानले परिकल्पना गरेअनुसार संघीय संसद र सात प्रदेशमा प्रदेशसभा तथा केन्द्र र प्रदेशपिच्छे छुट्टाछुट्टै सरकार गठन हुने भएका छन् । यसरी अब उपरान्त मुलुकमा स्थानीय प्रदेश र केन्द्र गरी तीन तहबाट शासन सञ्चालन हुने तथ्य स्पष्ट छ । निर्वाचन सम्पन्नतापछि मुलुकमा संविधानको पूर्ण कार्यान्वयनका लागि सबै आधारशीला तयार भएका छन् । संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै मुलुकले नयाँ राजनीतिक अध्याय पनि प्रारम्भ गरेको छ । निःसन्देह मुलुकले एउटा कोशेढुंगा पार गरेको छ । र लामो समयदेखि चर्चामा रहेको संघीय शासन प्रणाली व्यावहारिक रुपमै अभ्यास गर्ने बिन्दु आइपुगेको छ ।
अन्तिम समयसम्म कुनै कोणबाट व्यक्त आशंका, विस्फोट र झडपका घटना विपरित निर्वाचन प्रायः शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संविधान संस्थागत गर्ने र संघीयताको पूर्वाधार खडा गर्ने ऐतिहासिक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवा श्रेयका स्वाभाविक हकदार भएका छन् । श्रृंखलाबद्ध विस्फोटका घटनाले निर्वाचन बिथोलिने आशंका नगरिएको होइन तर आम मतदाता त्यसको कुनै प्रवाह नगरी मतदानमा सहभागी भए । मुलुकभर आम मतदाताको उत्साहपूर्ण सहभागितामा निर्वाचन सम्पन्न हुनु भनेको वास्तवमा संविधानको उद्देश्य सार्थक हुनु हो । निर्वाचन अभियानका सन्दर्भमा भएका बहस र संवादले संविधानले अंगिकार गरेको राजनीतिक प्रणाली सम्पोषित हुन पुगेको तथ्य निर्विवाद छ । मतदान गर्नु भनेको देशको राजनीतिक प्रक्रियामा सहभागी हुनु हो, आफू उपर शासन गर्ने प्रतिनिधि चयन गर्नु हो । सोत्साह मतदानमा सरिक रहेर आम मतदाता लोकतन्त्रको अनिवार्य राजनीतिक प्रक्रियामा सहभागी हुनुका साथै आफू कोबाट शासित हुन चाहन्छन् भन्ने कुरा पनि स्पष्ट गरेका छन् ।
बालिग नेपाली जनताले आफ्नो अमुल्य मत मार्फत मुलुकको भविष्य निर्माणमा योगदान गरेका छन् । अब जनप्रतिनिधिहरूले चुनाव प्रचारका सिलसिलामा आफूले व्यक्त गरेका वाचा, प्रतिवद्धता र दिएका आश्वासन कार्यान्वयनमा ल्याउन आफ्नो सम्पूूर्ण उर्जा केन्द्रीत गर्नुपर्छ । भनिरहन परोइन, हाम्रो समाजमा राजनीतिकर्मीहरूले आफ्नो वचन पूरा गर्दैनन् भन्ने विश्वास दृढ रुपमा जमेर रहेको छ । त्यसैले राजनीतिक नेतृत्वप्रति आम जन समुदायको विश्वास र भरोसा अवरोही क्रममा छ । जनतामा घट्दो आफ्नो विश्वसनीयता जोगाई राख्न राजनीतिकर्मीहरू आफ्नो वचनमा पक्का हुनु जरुरी छ । नेताहरू बोल्न र आश्वासन दिन सिपालु हुन्छन्, एकपटक चुनाव जितेर गएपछि फेरि नाक मुख देखाउँदैनन् भन्ने छाप परिरहेको छ समान्य जनमानसमा । जनतामा परेको यो प्रभाव न्यूनीकरणका लागि अबका जनप्रतिनिधिहरूले नयाँ सोच र शैलीका साथ कार्य सम्पादन गर्नु आवश्यक छ । स्वाभाविक हो, निर्वाचनमा एउटा पक्षको जित र अर्को पक्षको हार हुन्छ । जित हारलाई दुबै पक्षले स्वाभाविक रुपमा लिन सक्नुपर्दछ । न जित्ने पक्षमा उन्माद र दम्भ र हार्ने पक्षमा बिस्मात र लघुताभास नै वान्छनीय छ । जय–पराजय एउटा चक्र मात्र हो । लोकतान्त्रिक राजनीतिक संस्कारको कमीले गर्दा जित्ने पक्षमा बढी नै उन्माद देखिने गरेको छ जसलाई उचित मान्न सकिँदैन । अब दुबै पक्षले निर्वाचन अभियानका क्रममा एक अर्काप्रति गरिएका कटाक्ष, आलोचना, दोषारोपण र सत्तोसरापलाई एकातिर पन्छाएर नयाँ शुरुवात गर्नु जरुरी छ । मुलुक राजनीतिको नयाँ मार्गतिर उन्मुख भएको यथार्थलाई सबैले आत्मसात गर्नु पर्दछ । पुरानै सोच, विचार र कार्यशैली अवलम्बन गरेर अबको राजनीतिलाई गति दिन किमार्थ सकिँदैन । जित्ने पक्षको हामीले ५० वर्ष शासन गर्दछौं भन्ने दम्भोक्ति अनिष्टको सूचक हुन्छ । जनादेश पाँच वर्षका लागि मात्र भएको वास्तविकता विजयी पक्षले ख्याल राख्नु पर्दछ र पराजित पक्ष अर्को पटक जनमत प्राप्त गर्ने ध्येयका साथ जन हितका कार्यमा निरन्तर संलग्न गरिरहनु पर्दछ ।
राजनीतिमा राष्ट्रिय सार्वभौम सत्ता, एकता र प्रादेशिक अखण्डता अक्षुण बनाइराख्ने कुरा कुनै विवादको विषय हुन नसक्ने यथार्थलाई कसैले पनि बिर्सन मिल्दैन । संघीय शासन प्रणालीको कार्यान्वयनसँगै आगामी दिनमा यो विषय अझै चुनौतीपूर्ण हुँदै जाने कुरामा कुनै सन्देह छैन । निर्वाचन प्रचारका बेला नेताहरूले आफ्नो दलगत स्वार्थ सुनिश्चित गर्न समाज विभाजनका प्रकट, अप्रकट अनेकौं प्रयत्न गरेका हुन्छन् । लोकतन्त्रका सार्वभौम मूल्य मान्यता अनुरुप दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुन नसकेको फलत हाम्रो समाज चिरा चिरामा विभाजित अवस्थामा छ । सामाजिक विभाजनको यो अवस्था राष्ट्रिय सार्वभौम सत्ता, एकता र प्रादेशिक अखण्डता अक्षुण बनाइराख्ने कार्यमा कदापी सहयोगी हुन सक्दैन । निर्वाचन पछि आउने संरक्षणले यो सामाजिक विभाजन मेट्न सम्भव सबै प्रयत्न गर्नु जरुरी छ । निषेधको नीति, अवलम्बन गरेर सामाजिक एकता कायम हुन सक्दैन । सामाजिक एकता प्रवद्र्धन गरेर नै हामीले माथि उल्लेखित पक्ष सुनिश्चित गर्न र आर्थिक विकास र राष्ट्रिय समृद्धिको यात्रालाई गति दिन सक्दछौं ।
धेरै राजनीतिककर्मी, अक्षरको खेती गर्नेहरू, व्यावसायिक क्षेत्र र अन्तर्राष्ट्रिय जगत समेतले पनि अबको हाम्रो यात्रा आर्थिक विकास र समृद्धिको हुनु पर्दछ भन्दै आएका छन् । निर्वाचनमार्फत वाम गठबन्धनले सहजै बहुमत ल्याउने र राजनीतिक स्थिरता बहाल हुने विश्वासमा त्यसो भन्ने गरिएको हुनु पर्दछ । परन्तु, यथार्थ के हो भने पूर्ण बहुमत प्राप्त सरकार हुँदैमा राजनीतिक स्थिरता बहाल भइहाल्दैन र राजनीतिक स्थिरता बहाल भएकै अवस्थामा पनि विकासले स्वयमेव गति लिन सक्दैन । देशभक्तिको भावना शून्य र व्यक्तिगत स्वार्थमा लिप्त नेतृत्वको बाहुल्य भएको मुलुकमा राजनीतिक स्थिरता बहाल गर्न निकै कठिन हुन्छ । विश्वका अन्य मुलुकमा गठबन्धन सरकार लामो समय टिकेका र राजनीतिक स्थिरता दिएका उदाहरणहरू नभएका होइनन् । मूल कुरा गठबन्धन न्यूनतम साझा कार्यक्रमहरूमा आधारित हुनै पर्दछ र गठबन्धनका घटकहरू निहित दलगत स्वार्थमा नभएर मुलुक र जनताको सर्वोपरी हितमा क्रियाशिल हुनु पर्दछ । गठबन्धनका प्रत्येक घटकको नेतृत्व स्वयम् कार्यकारी प्रमुखका रुपमा प्रस्तुत हुने हो भने धेरै जोगी ‘मठ जोगाऊ’ भने जस्तै गठबन्धन टुट्नु राजनीतिक अस्थिरता बढ्नु स्वाभाविक हुन्छ ।
आर्थिक विकासलाई गति दिन मुलुकमा लगानीमैत्री वातावरणको जरुरत पर्दछ । त्यस्तो वातावरण उपयुक्त नीतिगत प्रबन्धद्वारा सरकारले गर्ने हो । नारा दिएकै वा हो हल्ला गरेकै भरमा लगानीमैत्री वातावरण निर्माण हुन किमार्थ सक्दैन । लगानी मैत्री वातावरण बनाउन उदार आर्थिक नीति आवश्यक हुन्छ । लगानीकर्ताहरू आर्थिक जोखिम लिन तयार हुन्छन् । तर राजनीतिक जोखिम बढी भएको खढडमा लगानी गर्न हिचकिचाउँछन् । भनि रहनु नपर्ला हाम्रो मुलुकमा लगानीकर्ताहरूका लागि राजनीतिक जोखिम बढी छ । अरबौं अरब रुपैयाँ लगानी हुने ठूल्ठूला विकास आयोजना निर्माणका लागि राजनीतिक दलहरूले नै आफू अनुकुलका ठेकेदार र लगानी स्रोत खोजेर ल्याउन थालेका छन् । राजनीतिक दलहरूमा यस्तो प्रवृत्ति रहँदासम्म मुलुकमा न उद्योग धन्दा स्थापना गर्न, न विकास निर्माणका ठूला आयोजनाहरू कार्यान्वयनमा ल्याउनै सम्भव हुन्छ । स्थानीय तहमा राजनीतिक दलका नेता, कार्यकर्ताहरू नरिझाई आयोजना कार्यान्वयनमा सुचारुपन आउन नसक्ने वास्तविकतालाई ध्यानमा राख्दा राजनीतिक क्षेत्रको प्रवृत्तिगत सुधारविना विकास र समृद्धिको यात्राले गतिवेग लिन नसक्ने निश्चित छ ।
नेतृत्व वर्गको स्वल्पदृष्टि अलोकतान्त्रिक मूल्य मान्यता र आचरण, अस्थिर मानस र अवसरवादी चरित्र नै राजनीतिक अस्थिरताका मूल स्रोत हुन । यस्तो स्थितिमा एउटै दल वा गठबन्धनको पूर्ण बहुमतको सरकार हुँदैमा राजनीतिक स्थायित्व बहाल हुन्छ र विकास र आर्थिक समृद्धि सुनिश्चित हुन्छ भन्ठान्नु अपरिपक्कता हो । त्यसैपनि संविधान संशोधनको बहसले नयाँ अस्थिरता आमन्त्रण गर्दछ । संक्रमण कालको एउटा लामो कालको अन्त्य भए पनि मुलुक पुनः संघीय शासन प्रणालीतर्फको नयाँ संक्रमणमा प्रवेश गर्दैछ । संघीय शासन प्रणाली हाम्रो सन्दर्भमा बिल्कुलै नयाँ प्रयोग र अभ्यास पनि हो ।
चर्को राजनीतिक विमति र कमजोर लोकतन्त्र संघीय शासन प्रणालीको कुशल सञ्चालनमा सहयोगी हुन सक्दैन भन्ने गरिन्छ । दुखको कुरा के हो भने मुलुक अहिले यस्तै स्थितिबाट गुज्रिरहेको छ । निर्वाचन परिणामले सशक्त सरकार त बनाउने भयो तर सशक्त प्रतिपक्षी बनाएन । त्यसैले फेरि पनि सडकको राजनीतिले प्रधानता नपाउला भन्न सकिन्न । अब मुलुकले स्थायित्व, विकास र समृद्धिको नयाँ युग प्रारम्भ गरेको छ भनेर ढुक्क हुन सक्ने स्थिति छैन ।
अहिलेको चुनावमा राजनीतिक दलहरूले खोजी खोजी व्यापारी, ठेकेदार, डन र जग्गा दलालहरूलाई उम्मेदवार बनाएकाले तिनै निर्वाचित भएर आएका छन् वा यस्ता व्यक्तिहरूले आफ्नो निहित स्वार्थका खातिर अन्य कसैलाई विजयी गराउन पर्याप्त रकम लगानी गरेका छन् । यस्तो वर्गका लागि राजनीति देश र जनताको सेवाका निम्ति पुनीत माध्यम होइन, निहित व्यावसायिक स्वार्थ सुनिश्चित गर्ने आधार सिवाय अरु केही होइन । यो वर्गले शक्तिको अभ्यास नगरी हात बाँधेर रमिता हेरी बस्छ भन्न पटक्कै मिल्दैन, मौकामा चौका हान्न स्वभावत अग्रसर रहन्छ । प्रतिफल सहित आफ्नो लगानी उठाउने प्रयत्न हुनुलाई अनौठो भन्न पनि मिल्दैन । शक्तिमा व्यावसायिक स्वार्थ भएको वर्ग र पैसावालाको पहुँच र प्रभाव बढ्न जाँदा सर्वसाधारण जनताका हितमा कार्य सम्पादन हुन्छ भनेर विश्वास गर्न मिल्दैन ।
यो वर्गको स्वार्थलाई ध्यानमा राख्ने सार्वजनिक हित उपेक्षित हुने गरी नीति निर्माण हुने जोखिम छ । हिजोकै अवस्थामा यस्तो नभएको होइन । यस्तो भएको खण्डमा सर्वसाधारण जनताका लािग कागलाई बेल पाकेर हर्ष न विस्मात भनेझैं हुने निश्चित छ ।
सिद्धान्तप्रतिको निष्ठा र वैचारिक आस्थालाई राजनीतिक दलहरूले व्यवहारमा प्रमुखता दिन छोडेको अवस्था छ । दलहरूले आफ्ना तर्फबाट उम्मेदवारी दिँदा यो पक्षको उपेक्षा गरिएको छ । नेताको ल्याकतलाई भन्दा औकातलाई प्रतिनिधित्वको अवसर सुम्पेर सार्वभौम मतदाताले आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने उक्ति चरितार्थ तुल्याएका छन् भने हुन्छ । अब निम्न मध्यम र मध्यम वर्गका तर सिद्धान्त निष्ठ र वैचारिक आस्थामा दृढ राजनीतिक कार्यकर्ताले पार्टीका ढोका कुर्दै नकुरे हुने अवस्था उत्पन्न भइसकेको छ । लिलाम बढाबढमा सहभागी हुन नसक्ने राजनीतिक कार्यकर्ताले अवसरका लागि दौडधुप नगरे हुन्छ । राजनीतिलाई सही मार्गमा ल्याउने काम मतदाताबाटै हुन पर्ने हो तर अवस्था भने त्यसदेखि पृथक छ । राजनीतिमा सिद्धान्त प्रतिको निष्ठा र वैचारिक आस्थाको प्रश्न गौण हुँदै जाँदा निर्वाचन एउटा कर्मकाण्डमा सिमित हुन्छ र लोकतन्त्र पनि कमजोर हुन पुग्दछ । सिद्धान्त र विचारविहीन राजनीतिले भ्रष्टाचार प्रवद्र्धनमा उर्वरकको काम गर्ने तथ्य स्मरणीय छ । हाम्रो राजीतिमा भ्रष्टाचार व्याप्त हुँदै जानुको प्रमुख कारण यही हो ।
सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राजनीतिक विवाद र लामो जटिल संक्रमणकालको कालखण्ड अन्त्य गर्दै स्थायित्व, विकास र समृद्धिको नयाँ युग श्रीगणेश गर्नु पर्दछ । नेपाली जनता ठूलो आश गरेका छन् । कुनै सन्देह छैन, मुलुक राष्ट्र निर्माणको नयाँ मोडमा आइपुगेको छ । राष्ट्र निर्माण बहुआयामिक सवाल हो । राष्ट निर्माणमा मुलुकका सबै क्षेत्र, वर्ग, तप्का र समुदायको समान सरोकारको सवाल हुनु पर्दछ । दलगत आग्रह पूर्वाग्रहबाट मुक्त नहुँदासम्म राष्ट्र निर्माणको सवाल पनि समान सरोकारको विषय नुहुन सक्दछ । प्रदेश गठनसँगै केही अनुमान गरिएका र केही थान्को लागे भनिएका समस्याहरूको उदय हुनेछ । सबै समस्याहरूको निरुपण गरी संघीयतालाई अगाडि बढाउनै पर्ने अवस्था छ । राजनीतिक तरलतामा रमाउने स्वप्नजीवीहरूको पनि मुलुकमा कुनै खाँचो छैन । यस्तो परिवेशमा फराकिलो र दूर दृष्टि सहितको असल नियत भएको राजनीतिक नेतृत्वले नै नयाँ मोडमा आइपुगेको मुलुकलाई विकास र सृद्धिको मार्गमा निर्देशित गर्न सक्दछ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...