×

NMB BANK
NIC ASIA

यात्रु ठग्न पाउनुपर्ने मागगर्दै पोखरामा सार्वजनिक यातायाद बन्द, विन्द्यवासिनीको अवज्ञा

पुस २७, २०७४

NTC
Premier Steels

पोखरा, २७ पुस–मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी चालकहरुलाई कारवाही गरेपछि आक्रोशित बनेका र साँगठनिक एकताको नाममा दादागिरीमा उत्रिएका नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका सार्वजनिक सवारी साधनहरु आज पोखरामा चलेका छैनन् । तर सांगठनिक एकताको नाममा दादागिरीकाविरुद्ध पोखरामा सञ्चालित विन्द्यवासिनी बस समितिले आफ्ना बसहरु भने सञ्चालन गरिरहेको छ । 

Muktinath Bank

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ अन्तरगतका सार्वजनिक सवारी साधनहरु नचल्दा मर्माहित बनेका पोखराका सर्वसाधारणले विन्द्यवासिनी बस समिति मातहत चलेका बसहरुका कारण केही राहत पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ अन्तरगत रहेका पोखरा बस व्यवसायी समिति, बेगनासताल बस व्यवसायी समिति, श्रृयंगा बस व्यवसायी समिति, व्यास बस व्यवसायी समिति, पृथ्वी राजमार्ग बस सञ्चालक समिति मातहतका बसहरु चलेका छैनन् । त्यस्तै ट्याक्सी व्यवसायी समिति पोखरा मातहतका ट्याक्सीहरु पनि पोखरामा चलेका छैनन् ।


Advertisment
Nabil box
Kumari

मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी चालकहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेर हिरासतमा राखेपछि आक्रोशित बनेका ट्याक्सी चालकहरुले बुधबार पोखराको पृथ्वीचोक–लखनचोकमा ट्याक्सी तेस्र्याएर प्रहरी प्रशासनकाविरुद्ध चर्को नाराबाजी गरेका थिए । त्यस सडक अवरोधलाई कास्कीको प्रहरी प्रशासनले बल प्रयोग नै नगरी खुलाएको थियो । 

Vianet communication

तर ट्याक्सी व्यवसायी समिति पोखराले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको भन्दै आज पोखरामा यातायात हढ्तालको घोषणा गरेको थियो । ट्याक्सी व्यवसायी समिति पोखराको हड्ताललाई समर्थन गर्दै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ अन्तरगतका यातायातसँग सम्बन्धित व्यवसायी समितिहरुले आज पोखरामा आफ्ना सार्वजनिक सवारी साधनहरु चलाएका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x