×

NMB BANK
NIC ASIA

‘बाईबाई दिल्ली, हेलो बेइजिङ’ नै होला ओलीको यात्रा ?

फागुन ९, २०७४

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको ४१ औं प्रधानमन्त्रीको रुपमा शपथ लिएपछि नेपालमा मात्र नभई भारतमा समेत विभिन्न अड्कलबाजी गरिन थालिएको छ । अड्कलबाजी लगाउने क्रममा भारतका विभिन्न सञ्चार माध्यमले नेपालका नवनिर्वाचित प्रधानमन्त्री ओलीले दिल्लीलाई बाईबाई र बेइजिङलाई निकट राख्ने आशय व्यक्त गर्दै ‘बाईबाई दिल्ली, हेलो बेइजिङ !’ शीर्षकमा विभिन्न विश्लेषणात्मक सामाग्री प्रकाशित गरेका छन् । 

Muktinath Bank

प्रधानमन्त्री ओलीले साउथ चाइना मर्निङ पोष्टलाई दिएको अन्तवार्तालाई भारतीय पत्रपत्रिकाले समाचार बनाए । खासयरी शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिन लागेको भनेर । कतिपय भारतीय मिडियाले शुरुदेखि नै ओलीलाई चीनपरस्तको बिल्ला भिराएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द न्यु इण्डियन एक्सप्रेसले यस किसिमको सामाग्री प्रकाशित गरेको छ । समाचारको सार यस्तो थियो, ‘चीन परस्त ओली सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका लागि अनि त्यही वर्ष आफूलाई सत्ताबाट बहिर्गमन गराउनका लागि भारत दोषीरहेको बताउँछन् । यतिखेर ओलीको नेकपा एमाले र पुष्पकमल दाहालको नेकपा माओवादी केन्द्रका बीच असहज गठबन्धन छ । प्रचण्डवामगठबन्धनका सहअध्यक्ष हुन् र उनी तथा ओली पालैपालो साढे दुई साढे दुई वर्षका लागि प्रधानमन्त्री हुने अपेक्षा छ । 


Advertisment
Nabil box
Kumari

सम्बन्ध सुधार्न तथा नयाँ नेतृत्वप्रति भारतको समर्थनलाई थप सुदृढ गर्नका लागि विदेशमन्त्री सुष्मा स्वराजले फेब्रुअरीको शुरूतिर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणका क्रममा ओली र कम्युनिस्ट नेतृत्वसँग कुराकानी गरिन् । केही विश्लेषकहरूले ओलीले दुई ठूला छिमेकीबीच सन्तुलित सम्बन्ध राख्ने विश्वास राखेका भएपनि अधिकांशले भित्रभित्रै चाहिँ यसो नहुने स्वीकारेका छन् । 

Vianet communication

‘ओली भारतविरोधी तथा चीनसमर्थक नारा दिएर सत्तामा पुगेका हुन् भनी हामीले बुझ्नुपर्छ । अनि उनको नारालाई नेपाली मतदाताहरूले ग्रहणगरेका हुन् । उनीहरू सन् २०१५ मा मधेसीहरूले गरेको नाकाबन्दीका बेलामा पाएको
दुःखका लागि भारतलाई दोष दिन्छन् । ओलीले एक्कासि भारतलाई अँगालेमा उनको राजनीतिक आत्महत्या हुनेछ,’ एक भारतीय कूटनीतिज्ञले बताए । 
 
द न्यू इण्डियन एक्सप्रेसमा प्रकाशित यो सामाग्री हेर्दा नवनिर्वाचित प्रधामन्त्री ओलीले आफ्नो कार्यकालमा दिल्लीलाई बाईबाई र बेइजिङ हेलो गर्न सक्ने सम्भावना निकै बढी देखिन्छ ।  तर  हिमालयमा मुहान भएका नेपालका खोला—नदी दक्षिण बगे जस्तै नेपाली राजनीति  पनि प्रायजसो दक्षिणतिर नै ढल्केको देखिन्छ । यद्यपि बीच—बीचको केही समय भने नेपाली राजनीति आफ्नै अनुकुल चल्न खोजेको पाइन्छ । जुन विषयलाई भारतले स्वीकार गरेको  पाइदैन । 

जसको ज्वलन्त उदाहरणका रुपमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन काललाई लिन सकिन्छ । जानकारहरुका अनुसार भारतको अस्वीकार्यता कारण नै नेपालबाट २ सय ४० बर्ष लामो राजतन्त्र अत्यन्त हुन पुगेको हो । यसका अलावा  प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकारलाई समेत भारतले त्यति नरुचाएका कारण राजा महेन्द्रलाई शासन सत्ता हत्याउन बल पुगेको समेत राजनीतिक वृतमा बेला—बेलामा चर्चा हुन गरेको छ । 

त्यतिमात्र होइन दोस्रो जनआन्दोलन भाग— २ सफल भएसगै सम्पन्न पहिलो संविधान सभा निर्वाचन पछि लोकनायक स्व गिरिजा प्रसाद कोइरालालाई समेत पहिलो राष्ट्रपति हुनबाट भारतले नै रोकेको  जानकारहरुको दावी रहेको छ । यी घटनाक्रमबाट के स्पष्ट हुन्छ भने नेपाली राजनीतिमा भारतको संस्थापन पक्ष सधै हावी हुन चाहन्छ । यदि त्यसो नहुँदो हो त नेपालमा हुने हरेक परिवर्तन र नयाँ सरकार गठन हुँदा भारतीय पक्षले आवश्यक भन्दा बढी चासो दिने थिएन । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकारलाई समेत भारतले त्यति नरुचाएका कारण राजा महेन्द्रलाई शासन सत्ता हत्याउन बल पुगेको समेत राजनीतिक वृतमा बेला—बेलामा चर्चा हुन गरेको छ


मंसिर २१ को प्रतिनिधी र प्रदेश सभा निर्वाचनको नतिजा सार्वजनिक भएपछिको अवधिलाई हेर्ने हो भने भारतीय संस्थापन पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लोकले पचाउने भन्दा बढी सम्बन्ध बढाएको देखिन्छ । यहाँसम्मकी ओली प्रधानमन्त्री नबन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नियुक्त हुनु अगाडि दुई पटक टेलिफोन गरी बधाई दिएका थिए । 

त्यतिमात्र नभई विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाई ओलीसंग भेटघाट गर्न लगाएका थिए । जुन  भेटघाटमा भावी सरकारको रोड म्याप समेत भारतीय पक्षले एमाले अध्यक्ष ओलीलाई दिएको थियो । 

यही बीचमा ओलीले बिहीबार शपथ ग्रहण गरेसगै मध्यरातमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोन मार्फत बधाई तथा शुभकामना सहित भारत भ्रमणको निम्तो दिएका छन् । 

त्यस्तै नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी ओली निवास बालकोट पुगि भारतीय प्रधानमन्त्री मोदीको बधाई सन्देश हस्तान्तरण गरेका छन् ।

यसरी ओली प्रधानमन्त्रीमा नियुक्ती हुन अगाडि देखि प्रधानमन्त्रीमा नियुक्त भएपछि  भारतीय संस्थापन पक्षले जुन हिसाबले चासो देखाई रहेको छ यस्तो अवस्थामा  के  ओलीले ‘बाईबाई दिल्ली, हेलो बेइजिङ’को यात्रा तय गर्लान ? आम सर्वसाधारण माँझ कौतुहलताको विषय बनिरहेको छ ।

चीन र भारत नेपालका दुई छिमेकी मुलुक हुन् । भौगोलिक हिसाबमा हेर्ने हो भने चीन उत्तरतर्फ अवस्थित छ । जुन भाग नेपालको हिमालय पर्वत श्रृङखला भन्दा माथिल्लो भागमा पर्दछ । जसले गर्दा चीन र नेपाल छिमेकी मुलुक भएपनि बीचमा पर्खाल लगाएको जस्तो अवस्था छ । 

यसका अलावा चीन र नेपाली दुई छिमेकी मुलुक भएपनि भेषभूषा, रहनसहन, कला सस्कृति ,रीतिरिवाज र अन्य सम्बन्धमा निकै भिन्नता रहेको छ । यद्यपि हिमाली भेगका केही भागमा चिनियाँ भेषभूषा, रहनसहन, कला सस्कृति ,रीतिरिवाज र अन्य सम्बन्ध केही मेल खान पुगेको देखिन्छ । 

तर समग्रमा भन्नुपर्दा चीन र नेपालबीच हरसम्बन्ध आकाश जमिनको फरक रहेको छ । तर दक्षिणतिर रहेको छिमेकी मुलुक भारतसंग भौगोलिक दुरी मात्र होइन भेषभूषा, रहनसहन , कला सस्कृति, रीतिरिवाज र अन्य सम्बन्ध ठयाक्कै मेल खान पुगेको देखिन्छ । 

नेपालको पशुपतिमा भारतीय भट् पुजारी रहेको अवस्था छ भने भारतका प्रसिद्ध मठमन्दिरमा नेपालीहरु पुजारी रहेको अवस्था छ । त्यतिमात्र होइन केही दिन अगाडि मात्र भारतीयहरुले  नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई विश्व हिन्दू सम्राट मानेको अवस्था समेत छ । 

यसका अलावा भारतीय सुरक्षा फौजमा नेपालीहरु भर्ति हुने देखि सरकारी सेवामा समेत जागिर खाईरहेको अवस्था  छ । त्यस्तै  नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ प्रधानसेनापति र भारतका प्रधानसेनापतिलाई नेपालको मानार्थ प्रधानसेनापतिको उपाधि दिईने प्रचलन सम्म रहेको छ । 

सदियौं देखि एक अर्का बीच निकट सम्बन्ध आईरहेको अवस्थामा केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा के ओलीले दिल्लीलाई बाईबाई गर्दे बेइजिङग तिर हेलो गर्लान ? त्यो थप कौतुहलताको विषय बनिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x