पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
वाम गठबन्धन बनाएर चुनावी सहयात्रा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले पार्टी एकताको प्रक्रियामा छन् । नेपालका कम्युनिष्टहरूले धेरै खोला पार गरेपछि विशाल अविरल नदीजस्तै गरी एमाले र माओवादी हालसम्म बगिरहेका छन् । आफ्नै लयमा कहिले पहाडमा त कहिले समथरमा जमिन उर्वर बनाउँदै अगाडि बढिरहेक छन् । भनिन्छ पानी बगेको जमिन चिसो र उर्वर हुन्छ ।जहाँ-जहाँ पानी बन्दै मनमोहन अधिकारी, मदन भण्डारी र प्रचण्ड पुगे त्यहाँ कम्युनिष्ट जनमत छ । परिणामस्वरूप पूर्व मेचीदेखि पश्चिम महकालीसम्म अचम्मको वाम जनलहर छ ।
धेरै आवेगवश आएका अभिव्यक्तिले उत्पन्न वियोगान्त क्षणहरू छिचोल्दै जब एमाले र माओवादी नेताहरूले वामपन्थी एकताको विवेकपूर्ण निर्णय गरे त्यसपछि नेपाली जनतामा छुट्टै प्रकारको उत्साह उत्पन्न भएको छ । जसरी खडेरीपछि वर्षात् हुँदा किसानमा हर्षोल्लास छाउँछ त्यस्तै महसुस आमजनता र कार्यकर्तामा भएको देख्न सकिन्छ । फलस्वरूप चुनावमा वाम गठवन्धनका उम्मेदवारले एकाध बाहेक धेरै ठाउँमा विजय हासिल गरे । हाल सरकारको नेतृत्व वाम गठवन्धनबाट निर्माण भइसकेको छ।
अर्कोतर्फ पार्टी एकताका निम्त बनेको कार्यदलले आफ्नो काम अगाडि बढाइरहेको छ । पार्टी एकताको खाका निर्माण गर्नु धेरै जटिल विषय हो । फरक पृष्ठभूमिका कम्युनिष्ट पार्टीहरूले एकताको खाकासंगै समाजवादउन्मुख आगामी कार्यभार र दुवै पार्टीका संगठनहरूलाई एकरूपता गर्नु जटिल विषय हो ।यद्यपि २०७४ फागुन ०७ गते दुई कम्युनिष्ट पार्टीबीच सात बुँदै महत्वपूर्ण सहमति भएको छ । उक्त सात बुँदे सहमतिलाई एकताका आधार मान्दै बहस प्रारम्भ भएको छ ।
सात बुँदे सहमतिअनुरूप अव बन्ने कम्युनिष्ट पार्टीले मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने सहमति भएको छ । पार्टी एकता पक्रियासंगै माओवाद, जबज र एकाइसौं शताब्दीको जनवादबारे बहस हुनु शुभ संकेत हो । अहिले एमालेमा जबजको च्याप्टर क्लोज भयोभन्दै बहस भइरहेको छ।
जहाँसम्म एमाले नेताहरू आन्तरिकरूपमा प्रष्ट स्वीकार गर्नुहुन्छ अहिलेका परिवर्तनका एजेन्डा माओवादी जनयुद्धले मात्र सम्भव तुल्याएको हो । संविधानसभा समानुपातिक/समावेशी, धर्मनिपेक्षता र आधारभूत वर्गलाई अधिकार दिने लगायत माओवादीले उठाएका एजेन्डाका आधारमा वर्तमान संविधान जारी भएको छ । माओवादीले उद्दघोष गरे अनुरूप वर्तमान संविधान समाजवादी समाज निर्माणको दिशामा मुलुक अगाडि लम्किरहेको छ।
हरेक समाजमा वर्गसंघर्ष सर्वहारा श्रमजीवि वर्ग र पुँजिपति वर्गबीच हुने गर्दछ । वर्गीय टकाराव असाध्यै पीडादायक हुने गर्दछ । वर्ग संघर्षबारे रुस, चीन र भियतनामको इतिहास पढे पुग्छ । कम्युनिष्टहरूले सर्वहारा वर्गको आफूलाई मसिहा मान्दछन । तर आधुनिक युगमा राष्ट्र प्रवेश गरेसंगै विकासक्रमको गतिले हाम्रो समाजमा जब्बर भएर मध्यम वर्गको जन्म भएको छ । यही मध्यम वर्ग राष्ट्रका हरेक नीति निर्माण निर्णायक वर्गकोरूपमा देखिँदैछ । यसै कारण हुनुपर्छ, अब वन्ने नयाँ पार्टीको वर्गीय दृष्टिकोण बुझ्न आवश्यक छ । हिजो मध्यम वर्गीय पार्टी एमालेलाई भन्दै माओवादीले सर्वहारा वर्गको पक्षमा ओकालत गर्दै थिए । अहिले एमाले माओवादी पार्टी एकताले मुर्तता लिँदै गइरहेको समयमा सैद्धान्तिक प्रष्टता सान्दर्भिक नै हुन्छ । वाम गठवन्धनको वर्गीय दृष्टीकोण मध्यम वर्ग संरक्षण गर्ने हुन्छ कि सर्वहाराप्रति स्नेह गर्ने हुन्छ ।
कम्युनिष्ट पार्टीहरूको एकता हुँदै गर्दा नेताहरूको चिन्तनसंगै वस्तुगत धरातलको पनि महत्वपूर्ण भूमिका हुन्छ । विगतमा पञ्चायतविरुद्ध संघर्ष होस् वा समान्ती राजतन्त्रविरुद्ध जनयुद्ध गर्दा, नेताहरू सर्वहारा वर्गको पक्षमा मत माछा र पानीको उदाहरण दिँदै जाहेर गर्दथे । अहिले तिनै नेताहरू राज्यको नेतृत्व पुगेपश्चात धरातल फेरिएका छन् । कामना गरौँ सर्वहारा श्रमजीवि जनताको पक्षमा नेताहरू खुल्ला र स्पष्ट चिन्तन छ ।
अहिले पुँजीवादले विश्वका धेरै देश ओगटेको छ । यस्तो संगीन समयमा सर्वहारावर्गको सेवा गर्ने कम्युनिष्ट पार्टीलाई अवसर भन्दा चुनौती धेरै छन् । पेरु कम्युनिष्ट आन्दोलनका नायक गोञ्जालो पक्राउपछि पुँजीवाद अबलम्वन गरेका राज्यहरूले नकारात्मक प्रोपोगान्डा कम्यनिष्टहरू विरुद्ध निरन्तर गरिरहेका छन् । केही दिनअघि हाम्रो छिमेकी देश भारतमा लेनिनको शालिक ढलाइएको छ । यी सबै परिदृश्यका घटनाले निरन्तर क्रान्तिको सिद्धान्तको औचित्य पुष्टि गर्दै शक्तिसाली कम्युनिष्ट पार्टीको आवश्यकता देखिन्छ । अब बन्ने शक्तिशाली पार्टीले विश्वभरि संघर्ष गरिरहेका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरूलाई नेपालबाट सकारात्मक नयाँ सन्देश प्रवाह हुनेछ । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नयाँ बहसको सिर्जना हुनेछ । यदि नेताहरूमा इमान्दारिता रह्यो भने २१औँ शताब्दीको कम्युनिष्ट आन्दोलनमा नेपाली कम्युनिष्ट आन्दोलन रोल मोडल पनि हुनसक्ने सम्भावना छ।
यो सुनौलो अवसरलाई मध्यनजर गर्दै अब बन्ने कम्युनिष्ट पार्टीले स्पष्ट सर्वहारा वर्गीय दृष्टिकोणसहित दश वर्षअगाडि मात्र हेरेर होइन, सिङ्गो युगलाई प्रतिनिधित्व गर्ने जनताप्रति जवाफदेही पार्टी निर्माण गर्नुपर्ने उत्तरदायित्व छ । त्यस्तो पार्टी निमार्णका निम्ति हुने वादविवाद जायज नै हुन्छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...