असोज १९, २०८०
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
काठमाडौं, १९ चैत–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह प्रशासनमा व्यापक सुधारको खाँचो रहेको भन्दै सुधारका लागि तयार रहन कर्मचारीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयअन्तर्गतका सबै निकायमा थुप्रै बेथिति रहेको भन्दै गृहमन्त्री बादलले सुधारका लागि कर्मचारीले आफूलाई तयार राख्नुपर्ने बताए ।
‘अहिलेको गृह प्रशासनमा जता हेर्यो त्यतै प्वाल परेको देखिन्छ । सबैतिर बेथिति छ,’ सोमवार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री बादलले भने, ‘गृह प्रशासनलाई सुनारले सुन खारैजस्तै खार्नु जरुरी छ । यसका लागि कर्मचारी र सुरक्षाकर्मीले आफ्नो टाउकोमा आगो बाल्नु परेपनि तयार हुनुपर्छ ।’
गृहमन्त्री बादलले अहिले भन्सारका नाकाबाटै अर्बैंको दरमा तस्करी भइरहेको बताउँदै तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कदम चाल्ने पनि बताए । यस्तै भ्रष्ट र तस्करहरुमाथि दमन चलाएर गृहमन्त्रालयमार्फत नयाँ क्रान्तिको शुरुवात गरिने उनको भनाइ थियो ।
पछिल्लो समय सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुप्रति जनताको वितृस्ण बढेको तथा जनताले सेतो नम्बर प्लेट भएको (सरकारी) गाडी देख्नेवित्तिकै ढुंगा हान्ने भयले कर्मचारीहरुमा सरकारी गाडीमा रातो नम्बर प्लेट प्रयोग गर्ने प्रचलन बढेको गृहमन्त्रीले बताए ।
प्रहरीमा ३० वर्षे सेवा अवधि ठूलो समस्याको रुपमा रहेको भन्दै त्यसलाई समयानुसार परिमार्जन गर्नका लागि तयारी भइरहेको पनि बताए । प्रहरी प्रशासनमा सरुवा र बढुवाका सम्बन्धमा देखिएको समस्या समाधानका लागि पनि आफूले नीतिगत परिवर्तन गर्ने उनको भनाइ थियो ।
गृहमन्त्री बादलले यातायातका क्षेत्रमा देखिएको आलोपाले प्रणाली (सिण्डिकेट) तोडेरै छाड्ने प्रतिबद्धता पनि जनाए । ‘सिण्डिकेट तोड्न जनताले नै आदेश दिएका छन्,’ गृहमन्त्री बादलले भने, ‘गृह मन्त्रालय र जनता मिलेर सिण्डिकेट तोडिन्छ ।’
उनले राजधानीको ट्राफिक जामसँग गुण्डागर्दी, भ्रष्टाचार, आर्थिक अनियमितता र कर्मचारीतन्त्रमा देखिएको बेथिति जोडिएको भन्दै ट्राफिक जामको समस्या समाधानका लागि छिट्टै परिणाममुखी काम गरिने बताए ।
गृहमन्त्री बादलले गृह प्रशासन सुधारका लागि भन्दै सोमवार ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...