×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको भारत भ्रमणबारे अग्रलेख

राष्ट्रिय हितमा छिमेकी सम्बन्ध

चैत २६, २०७४

NTC
Premier Steels

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको यसपल्टको भारत भ्रमणको अन्त्यमा दिल्लीबाट एउटा संयुक्त वक्तव्य जारी भएको छ । अघिल्लो पटकको यात्रापछि यस्तो वक्तव्य निस्कन सकेको थिएन । यति मात्र कारणले पनि प्रधानमन्त्री ओलीको टोलीका सदस्यहरूले भ्रमणलाई सफल मानेका हुन सक्छन् । केहीले ‘ऐतिहासिक’ समेत भनेको देखियो; यो शब्दको दुरूपयोग हो ।

Muktinath Bank

संयुक्त वक्तव्यमा परेका १२ बुँदा निरर्थक भने होइनन् किनभने तीमध्ये केहीले नेपाल र भारतका बीचको ‘बहु-आयामिक’ सम्बन्धलाई असहजताको अवस्थाबाट सहजतातर्फ लैजाने आधार सिर्जना गरेको देखिन्छ । किनभने यो वक्तव्यमा नेपालको घरेलु राजनीतिको उल्लेख भएको छैन । साथसाथै प्रकाशित गरिएका रेल सम्पर्क, जलमार्ग र कृषि साझेदारीबारेका वक्तव्यको पनि सान्दर्भिकता छ । तर प्रधानमन्त्री ओलीले दिल्लीमा प्रेससमक्ष दिएको जानकारीमा विद्यमान सम्बन्धको समग्र चित्र बनाउन खटिएको द्विदेशीय   समूहले सिफारिश पेश गरेपछि मात्र आगामी दिनमा आपसी सम्बन्धको बाटो तय हुने कुरा उल्लेख गर्नुभएको देखियो । यो भने केही खड्किने पक्ष हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारप्रमुख तहबाट तत्काल हुनसक्ने प्रतिबध्दतालाई एउटा समूह विशेषको प्रतिवेदनले अड्काउने अवस्था आउन नदिएको भए बेश हुन्थ्यो । कदाचित् प्रतिवेदन नै निर्णायक महत्वको थियो भने प्रधानमन्त्रीको भ्रमण केही पछि सारेको भए हुने थियो । त्यसो गरेको भए सम्भवत: ओलीले चीनको बोआओ मञ्चमा नेपालको सहभागिता जनाउन पनि समय पाउनु हुन्थ्यो । एसिया महादेशका सबैजसो देशको साझा मञ्च मानिएको बोआओ फोरममा नेपालका तर्फबाट पहिले राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरूको सहभागिता भएकै हो ।


Advertisment
Nabil box
Kumari

दिल्ली प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले भारतमा छँदा नेपालको शिर निहुरिने र लज्जाबोध हुने काम गर्दिनँ भनेर संसद्मार्फत जनतालाई आश्वस्त पार्नुभएको थियो । सर्‌सर्ति हेर्दा उहाँले त्यो आश्वासन पूरा गर्नुभएको छ जुन सन्तोषको विषय हो । कथम् भ्रमणको पूर्वसन्ध्यामा चर्चामा आए झैं, अरूण-३ जलविद्युत परियोजनाको ‘संयुक्त शिलान्यास’ रिमोट यन्त्र थिचेर दिल्लीबाट गरेको भए त्यो आफ्नै प्रतिबध्दता विपरीतको कार्य हुन जान्थ्यो, र नेपालको लागि दीर्घकालीन क्षतिको जोखिम पर्ने थियो । तसर्थ यसमा पुर्‍याएको विवेक पुर्‍याएँ भनेर उहाँलाई नै सन्तोष लागेको हुनुपर्छ ।

Vianet communication

अपेक्षा गरौं, आउँदो वर्ष २०७५ सालमा नेपाल-भारत सम्बन्ध समानताको आधारमा विकसित हुन थाल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x