×

NMB BANK
NIC ASIA

अग्रलेख

अनियन्त्रित खर्चका भयावह नतीजा

चैत ३०, २०७४

NTC
Premier Steels

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्माले बिहीवार पेश गर्नुभएको ५५औं वार्षिक प्रतिवेदनले राज्यकोषबाट गरिने बेहोरिने खर्चमा अनियमितता बढ्दै गएको चित्र प्रस्तुत गरेको छ । यस क्रममा प्रेसमा आएका बेरुजुका अङ्कले जनसाधारणमा अनिश्चय, अन्योल र चिन्ता पैदा गराउनु अपरिहार्य छ यद्यपि शुक्रवार बिहान महालेखा परीक्षकले रेडियो नेपालका श्रोतागणलाई स्थिति भयावह चाहिँ छैन भनेर आश्वस्त गराउन खोज्नुभएको थियो ।

Muktinath Bank

तर उपलब्ध अङ्क र आँकडाले देखाएको वास्तविकता ओझेलमा पर्न सक्दैन; ५२ खर्ब सात अर्ब ८३ करोड रुपिञाको लेखापरीक्षण गर्दा पाँच खर्ब आठ करोडको बेरुजु निस्केको छ जुन अघिल्लो वर्षको दाँजोमा २६ प्रतिशतभन्दा बढी हो । हुन त बेरुजुका हरेक अङ्कलाई राजस्व चोरी अथवा भ्रष्टाचार भन्न मिल्दैन, परन्तु जिम्मेवार पदाधिकारीहरूले ऐन नियमको परिधिभित्र रहेर काम नगर्दा जनताले तिरेको कर, तिरोको दुरुपयोग भएको अनुमान गर्ने ठाउँ रहन्छ । जस्तो, तीनतले अदालत भवनमा साततल्ले लिफ्ट जडानको लागि ठेक्का दिएको विषय चर्चामा आएको छ । यसैगरी, अघिल्लो वर्षको प्रतिवेदनमा संविधान जारी भएको धेरै महिनपछिसम्म संसद् सचिवालयका कर्मचारीले संविधान मसौदाको काममा अतिरिक्त काम गरेको भन्दै ८० प्रतिशतसम्म भत्ता लिइरहेको कुरा उल्लेख थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महालेखाको ताजा प्रतिवेदनले औंल्याए अनुसार, हरेक नेपालीको थाप्लोमा करीव २५ हजार रूपिञाको ऋण छ । यो ऋणबाट के कस्तो उत्पादन वा रोजगारीका अवसर बढे अथवा के सेवा सुविधा थपिए त्यसको जानकारी सहज ढङ्गले नागरिकले पाउने प्रबन्ध हुनपर्छ अन्यथा त्यस्तो ऋणभारको औचित्य हुँदैन । जनस्तरबाट प्रश्न उठ्छ : गलत नियत र भद्दा कार्यशैलीका कारण अहिले बोकाइएको ऋणको असामी भावी पुस्तालाई किन बनाउने ?  


Advertisment
Nabil box
Kumari

केही दिनअघि अर्थमन्त्रीले जारी गर्नुभएको श्वेतपत्रले मुलुकको जर्जर आर्थिक अवस्थालाई चित्रित गरेझैं महालेखाको यस ताजा प्रतिवेदनले खर्चतर्फको अस्तव्यस्ततालाई छर्लङ्ग पारेको छ । सरकारी बजेटबाट नियमित खर्च र विकास परियोजना सञ्चालन गर्ने प्रशासन, सेना, प्रहरी र संवैधानिक समेतका निकायले आर्थिक अनुशासनको पालना नगरे निजीक्षेत्रमा समेत गलत सन्देश प्रवाह हुन्छ । अनि नेपाललाई आर्थिक, प्राविधिक सहयोग दिने दातृराष्ट्र एवं ऋण प्रवाह गर्ने एसियाली विकास बैंक र विश्व बैंक लगायतका संस्थाहरुका सामु यस मुलुकको साख नरहने अवस्था आउन सक्छ । निर्वाचनको माध्यमबाट गठन भएका तीनै तहका सरकार सञ्चालकहरूले आ-आफ्नो कर्तव्य बुझ्नुपर्‍यो, मतदाताप्रतिको जिम्मेवारी बोध गर्नुप-यो ।

Vianet communication

यसमा पनि केन्द्रमा बहाल सरकारले विशेष चनाखो हुनु जरूरी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x