×

NMB BANK
NIC ASIA

मेयरज्यू ! ब्युटी पार्लर उद्घाटन गरेर स्मार्टसिटी बन्छ ?

बैशाख १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको अत्यन्तै रमणीय स्थानकारूपमा पोखरा परिचित छ । भौगोलिक हिसाबले देशकै ठूलो महानगर पोखरा प्रदेश ४ को निर्विकल्प राजधानी पनि हो ।

Muktinath Bank

पोखरामा हुने राजनीतिक, आर्थिक र सामाजिक गतिविधिले समग्र प्रदेशमा प्रभाव पर्छ । पोखराको बहुपरिचाय छ । पोखरा पर्यटन, कला, साहित्य तथा खेलकुदको हब बन्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वि.सं. २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित भएको पोखरालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फागुन २७ गते महानगरपालिका घोषणा गरेको थियो । यस महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मी. रहेको छ भने कूल जनसंख्या ४,१४,१४१ रहेको छ । पोखरा लेखनाथ महानगरमा ३३ वटा वडाहरू छन् । वर्तमान समयमा पोखरा लेखनाथ महानगरको निर्वाचित मेयर मानबहादुर जिसी हुनुहुन्छ ।


Advertisment
Nabil box
Kumari

पोखरा नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ । यस्तो पर्यावरणलाई भावी पुस्तासम्म जस्ताको तस्तै सम्पन गर्नका निम्ति आजैबाट हरेक पोखरेली नागरिक सचेत हुनु आवश्यक छ ।

Vianet communication
Laxmi Bank

पोखराको प्रत्येक घरको छतबाट हिमाल देखिन्छ । नयाँ पाहुना पोखरा आउँदा हामीले दिने पहिलो कोशेली अन्नपूर्ण, माछापुच्छ्रे लगायत हिमश्रृंखलाको आँगनमा बसेको महसुस गराउने हो । यद्यपि महानगरको ११ तलासम्म घर बनाउन पाउने पछिल्लो निर्णयले पोखराको पर्यावरणमा टेवा पुर्यापउँदैन । यसले पर्यटनमा घाटा पुर्‍याउनेवाला छ ।

पोखरालाई पर्यटन हबकारूपमा विकास गर्नुपर्दछ भन्ने कुरामा दुई मत रहेन । पर्यटन प्रवर्द्धनले नै पोखरा स्वतः विजनेस सेन्टर बन्दछ । निजीकरणलाई प्राथमिकता दिनु राज्य बलियो बनाउने विधि पटक्कै होइन । त्यो सकारात्मक कामको शुरुवात पनि होइन ।

पोखरा महानगरभित्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ । विमानस्थल निर्माण कार्यमा विलम्ब भइरहेको छ । सामरिक महत्त्व राख्ने संरचनामा चासो दिनुभन्दा महानगर साना व्यापारीका चटपटे दोकान बन्द गर्न लागिपरेको छ । अर्कोतर्फ मेयरज्यूबाट शिक्षा, स्वास्थ्य र खाद्यान्नमा ठूला व्यापारीले गरेको कमाउधन्दाबारे आवाज उठ्दैन ।

स्थानीय निर्वाचन उम्मेदवार हुँदा पोखरा महानगरका मेयर जिसीले स्मार्ट शहर निर्माणका लागि प्रतिवद्धता पत्रमार्फत् आफ्ना योजना सार्वजनिक गरेका थिए । स्वच्छ खानेपानी, स्वास्थ्य, आधुनिक विद्युत प्रणाली, सफा र फराकिलो सडक, तालहरूको संरक्षण, बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन, पोखराको पर्यावरण संरक्षण, वृद्ध भत्ता वृद्धि, द्रुत गतिमा विमानस्थल निर्माण, देशभित्रै रोजगारी र सबैको पहुँचमा गुणस्तरीय शिक्षा लगायतमुख्य योजना थिए । निर्वाचित भएपछि वृद्धभत्तासम्बन्धी वाचा पूरा गर्न जिसीले पहल गरे पनि अन्य कुरामा उल्लेख्य पहल भएको देखिँदैन ।

मेयरज्यूबाट शुरुवातमा नयाँ र सृजनशील कामको अपेक्षा पोखरेली जनताले गर्नु स्वाभाविक हो । शपथ ग्रहणलगत्तै मेयर जिसीको पहिलो निर्णय वृद्धभत्ता बढाउने थियो, तर त्यो अहिलेसम्म अलपत्र नै छ । महानगरको कार्यालय सार्ने योजना पनि कुहिरोको काग बनिरहेको छ । स्वच्छ खानेपानीको योजना स्थानीय माइन्यूटमा सिमित बनेको छ । घरको धारामा आइहाले पनि धमिलो पानी आउँछ, त्यो पनि हप्ता दिनमा एकपटक । आईटीमय पोखरा बनाउने योजना घोषणा पत्रबाट व्यवहारमा कहिले आउँछ टुंगो छैन । घोषणापत्र फटाफट बन्ने, तर काम कहिल्यै नहुने प्रवृत्ति वामपन्थी नेताको प्रवृत्ति हुँदै होइन ।

मेयरज्यूले मध्यरातमा नेपालका प्रथम शहीद लखन थापाको शालिक फाल्नुभयो । बिहान गल्ती स्वीकार गर्दै उक्त ठाउँमा पुन: लखन थापाको शालिक स्थापना गरियो । पोखराका अन्य चोकमा शालिकहरू जस्ताको तस्तै छन् । अन्य शालिकले पनि ट्राफिक व्यवस्थापनमा समस्या निम्त्याएका थिए, तर लखन थापाको शालिक मेयरज्यूको आँखाको कसिंगर बन्यो ।

पोखरामा धेरै समुदायको बसोबास छ । पोखरा महानगरकी उपमेयर मञ्जु गुरुङज्यूले फिर्के खोला मिचेर निर्माण भएको समाज घरमा सरकारको ढुकुटीको पैसा दिनु कति वैज्ञानिक हुन्छ ?

पोखरामा आधुनिक सुविधा सम्पन्न बसपार्कको आवश्यकता छ । जथाभावी यातायात पार्किङ पनि मुख्य समस्या बनिरहेको छ । पोखराको बसपार्कलाई कामको प्राथमिकतामा राख्नैपर्छ ।

अर्कोतर्फ मुख्य बजारबाहेक कतिपय ठाउँका सडक र नहरहरू भत्केका छन् । कहिलेकाहीँ सडकमा यात्रा गर्ने यात्रुको लास भ्वाङमा भेटिन्छन् । मेयरज्यू ! यस्तो अवस्थामा फाटेका सडकहरू टालटुल गर्नु दीर्घकालीन निकास होइन भन्ने कहिले थाहा पाउने ? 

फेवाताल अतिक्रमण बढ्दैछ । सर्वोच्च अदालतको आदेशअनुरूप फेवाताल वरिपरि अतिक्रमण गरेर बनाइएका संरचनाहरू भत्काउनु पर्छ । पोखरा र लेखनाथ क्षेत्रका तालहरू संरक्षणमा महानगर उदासिन हुनु हुँदैन । तालहरू संरक्षणमा संवेदनशील बन्नु आवश्यक छ । मेयर, उपमेयरहरू सरकारी सम्पत्तिको सुरक्षामा मौन हुनुहुँदैन ।

यो एक वर्षको अवधिमा पोखरा लेखनाथ महानगरपालिकामा ठूला परियोजनाका काम शुरुवात भएनन् । मेयरज्यूबाट रिबन काट्ने, किताब विमोचन गर्ने, ब्युटीपार्लर उद्घाटन गर्ने मात्र काम भयो ।

यीनै कामलाई लिएर नगरसभामा विपक्षीले गरेको विरोधलाई दोष लगाउँदै काम गर्न दिएनन् भन्नुको अर्थ केही छैन । मेयरज्यूलाई महानगर बैठकमा असहज अवस्था पनि छैन, किनकी उहाँको पार्टीले बहुमत वडामा विजय हासिल गरेको छ । यस्तो अवस्थामा समृद्ध पोखरा बनाउन मेयरज्यूमा मात्र सृजनशीलता आवश्यक छ ।

देशमा गणतन्त्र आएपश्चात भएको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित मेयर मानबहादुर जिसीलाई अवसर र चुनौती दुवै छन् ।

प्राप्त अवसरलाई सदुपयोग गर्दै सुशासनयुक्त समृद्ध पोखरा महानगर निर्माणमा ध्यान दिन जरुरी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x