×

NMB BANK
NIC ASIA

काली प्रसादले फलाम छोएपनि कसरी सुन हुन्छ ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
यो हप्ता नेपाली संगीत आकाशले एउटा गीत पायो —‘साइँली’ । यो गीतले नेपाली संगीत बजारमै एउटा इतिहास कायम ग–यो । हेमन्त राणाको स्वरको जति चर्चा छ, त्यसभन्दा बढी चर्चा संगीतकार कालीप्रसाद बाँस्कोटाको छ । युट्युबमा अपलोड भएको एक हप्ताभन्दा कम समयमा यस गीतलाई करीब २५ लाख पटक हेरिएको छ । काली प्रसादले फलाम छोएपनि किन सुन हुन्छ त ?
शुरुवाती दिनमा कालीको एउटा गीत बजारमा आयो —‘आधी आधी जिउनु छ यहाँ,’ जसमा स्वर रहेको थियो उनै हेमन्त राणाको । फरक धारको संगीत र शब्द अनि मीठासपूर्ण स्वरमा सजिएको यो सृजनाले नेपाली संगीतका श्रोतालाई फरक स्वाद दियो, तर छलाङ नै चाहिँ मारेन ।

यतिबेलासम्म कालीको नाम खासै चर्चामा आएन । उता शशी रावलले गाएको ‘चाहना सकियो, बहाना सकियो’ गीतले बजार राम्रैसँग ततायो तर पनि कालीलाई उनको परिचय दिलाउन सकेन । तर शशी रावललाई भने सुपरहिट बनायो अनि थुप्रै अवार्ड पनि दिलायो ।

कालीको संगीतको यात्रा चलिनैरह्यो । उनले आफ्नो चर्चा होला भन्ने पनि सपना देखेनन् होला शायद । संगीतमा उनले संघर्ष गरेका छैनन्, मात्र रमाइरहेका छन् । सरलतामा जटिलता उनको संगीतमा पाइने विशेषता हो । उनी शायद अरूलाई चर्चित बनाउन चाहन्छन्, त्यसैले होला आफू राम्रो गायक हुँदाहुदै पनि अरूलाई गाउन दिन्छन् उनी ।

अहिले त यस्तो दिन आयो, जसले कालीलाई हरेक नेपालीले मुटुमा सजाएको छ । ‘रेशम फिलिली’ नामक चलचित्रमा उनको ‘पारी त्यो डाँडामा हेर’ गीतको आगमनले चलचित्रलाई भन्दा बढी कालीको चर्चा गर्न बाध्य बनायो । र ‘साइँली’सम्म आइपुग्दा त कालीको नाम गुन्जन थाल्यो जताततै ।

महाभूकम्प २०७२ ले चलचित्रको व्यापारमा ब्रेक लाग्यो तर कालीको प्रचार चलिनैरह्यो निरन्तर । ‘रेशम फिलिली’ले कालीको सांगीतिक जीवनलाई नै कुदायो फिलिली ।

चलचित्र संगीतमा शम्भुजित बाँस्कोटाको एकछत्र राजलाई तोडेका थिए संगीतकार सुरेश अधिकारीले । वसन्त सापकोटा, महेश खड्का, चेतन सापकोटा, अर्जुन पोखरेल आदि हुँदै नेपाली चलचित्र संगीतमा अहिले राज चलेको छ काली प्रसाद बाँस्कोटाको । ‘पारी त्यो डाँडामा’ हुँदै ‘निर जैले रिसाउनी’, ‘सुन्तलीलाई भगाइलग्यो झिल्केले’ अनि ‘ठमेल बजार’ सँगै ‘साँइली’ कालीका अतुलनीय योगदान हुन् नेपाली संगीत बजारमा ।

शायद कालीले बुझेका होलान् गम्भीर प्रकृतिका गीत बजारमा चल्दैनन् । ‘भारी भो भारी भो’ गीतमा संगीतको जुन सौन्दर्य छ, अरू गीतमा बिरलै पाइन्छ । तर ‘भारी भो’ गीतको खासै चर्चा चलेन । नेपाली समाजको सामाजिक चेतना र नेपाली समाजले के रुचाउँछ बुझेर गीत तयार गर्नाले बिकाउ गीत बन्नसक्छ उनले जानेका छन् । र त उनी बनाउँछन् ‘साँइली’ जसले बोकेको छ ५०औं लाख विदेशिने नेपालीको कथा ।

रेशम फिलिलीको गीत हिट हुँदा नै बौद्धिक वर्गले एउटा चर्चा चलायो नेपाली समाज कता जाँदैछ भनेर । हुन पनि हो, नेपाली श्रोताहरूमा गहन शब्द र शास्त्रमा बाँधिएका गीत सुन्ने धैर्य छैन ।

कालीप्रसाद बाँस्कोटाका अधिकांश चलेका गीतहरू नेपालको मौलिक लोकलयमा आधारित छन् । उनका गीतमा मादल बज्छन्, सारंगी बज्छन् अनि बाँसुरी बज्छन् जो नेपालीका मनमुटुमा सजिएका आफ्नै बाजा हुन् ।

सरल अनि केही ठट्यौला शब्द र केही प्रान्तीय शब्दहरूको संयोजनबाट उनका रचना सजिएका हुन्छन् । उनका गीत पूर्वका मान्छेले सुन्दा पूर्वकै जस्तो, पश्चिमकाले सुन्दा पश्चिमको जस्तो अनि काँठकाले सुन्दा काँठको जस्तो लाग्छ ।

निर, हाउ, पिरीम, परान यिनै मौलिक शब्द हुन् जसले कालीको गीतलाई प्राण दिएका छन् । घट्ट, जाँतो, मेलापर्म यी बिर्सिइसकेका शब्दहरूलाई कालीले जीवन दिएका छन् आफ्ना गीतहरूमा । कालीका गीत सुन्न र बुझ्न सजिलो छ । संगीतको शास्त्र नजाने पनि उनको गीतलाई मनन गर्न कठिन छैन श्रोतालाई ।

बाजागाजाको संयोजन र गीत सुहाउँदो स्वर छान्न सक्नु उनका गीत चर्चित हुनुको अर्को राज हो । जस्तो गीत, त्यस्तै बाजागाजा अनि त्यस्तै स्वर । ‘ठमेल बजार’लाई मीना पोखरेलले बाहेक कसले न्याय गर्न सक्ला र ? अनि ‘साइँली’लाई हेमन्त राणाले ? राम्रा गीत उनी आफैं गाउन सक्थे तर गीतलाई न्याय पुगोस् भनेर अरूलाई गाउन दिन्छन् । त्यसैले त उनी काली हुन् ।

स्वर, संगीत र शब्दमा निपुण नेपाली कलाकारको नाम लिनुपर्दा कालीको पनि नाम आउँछ । नेपाली संगीतको परम्परागत धारलाई उल्ट्याउन सक्ने उनी नेपाली संगीतको ‘ट्रेण्डसेटर’ नै हुन् । सूत्रमा बाँधिएका लाखौं गीतहरूको भीडमा त्यसैले उनका गीत टपक्क अडिन्छन् जिब्रो जिब्रोमा ।

संगीतले मनोरञ्जन मात्र होइन, सन्देश र मर्मलाई पनि बोक्नुपर्छ भनेरै होला कालीले रचे ‘साइँली’ । ‘साइँली’ सुन्दा आनन्द र बुझ्दा मर्मस्पर्शी गीत हो । उनका गीतमा प्रयोग भएका बिम्बहरू पनि सरल तर मार्मिक खालका छन् । पिरतीको ताल, पिरतीको छाता अहिलेको पुस्ताले सजिलै बुझ्ने बिम्बहरू हुन् ।

पश्चिमा भद्दा गीतहरूलाई कण्ठाग्र गरेर हिँड्ने नयाँ पुस्तालाई नेपाली संगीतको स्वादमा भुलाउन सक्नुलाई कालीको योगदानका रूपमा लिन सकिन्छ । पिकनिक तथा पार्टीहरूमा बज्ने हिन्दी गीतको कर्कश आवाज पनि सुन्नुपरेको छैन अहिले कालीको उदयले ।

केही समीक्षकहरूले कालीप्रसादले संगीत चोर्छ भन्ने आरोप पनि नलगाएका होइनन् । लोकगीत सबैका साझा सम्पत्ति हुन्, नयाँ स्वाद र प्रयोगले लोप हुन लागेका लोकगीतलाई नयाँ जीवन दिएका छन् । ‘रेशम फिलिली’सँगै सम्झिइनेछ रेशम फिरिरी अनि सुन्तलीलाई भगाई लग्यो झिल्केलेसँगै गुन्गुनाइने छ नक्कलीलाई भगाई लग्यो झिल्केले ।

शास्त्रमा बाँधिएर विश्लेषण गर्ने हो भने कुनै गीतमा अर्को कुनै गीतको स्वाद आउनु स्वाभाविक हो किनभने अदुवा हालेर आलु पकाउँदा पनि अदुवाको बास्ना आउँछ र साग पकाउँदा पनि अदुवाको । एउटै रागमा आधारित फरक गीतहरूमा अलिकति उस्तै मिठास आउँछ नै । कालीले कुनै पनि गीतमा अन्याय गरेका छैनन् ।

निश्चय नै जति चाँडो चर्चामा आयो, त्यति नै चाँडै त्यो चर्चा सेलाउँछ पनि । कालीप्रसाद पनि कुनै दिन हराउलान् तर वर्तमानमा उनको लगन र सफलता अतुलनीय छन् । गीतहरू कालजयी नहोलान् तर हाललाई नेपाली श्रोताहरूले कालीबाट धेरै अपेक्षा गरेका छन् । संगीत पूर्ण हुन शब्द, संगीत र स्वरको जति भूमिका हुन्छ, श्रोताको पनि उत्तिकै भूमिका हुन्छ । कालीका गीतहरू श्रोताको भरपूर साथ पाएर पूर्ण छन् ।

कालीप्रसाद मासु खाँदैनन्, रक्सी चुरोट खाँदैनन् । त्यसैले उनी अरूभन्दा फरक छन् । गालाको डिम्पलले उनलाई जति सुन्दर बनाएको छ, त्यसभन्दा बढी उनका सृजनाले उनलाई सिंगारेका छन् ।

सामान्यतया सेलिब्रिटीहरू नामले चिनिन्छन्, तर यिनलाई कामले चिन्छन् श्रोताहरूले । अरूले गीत गाएको र गोपीका बाउले सुसेलेको उखान लागू हुन्छ अहिले कालीको हकमा । उनले बनाएका जस्तोसुकै गीत पनि भाइरल बन्ने अवस्था आएको छ । यो उनको लगन र प्रतिभाको प्रतिफल हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x