×

NMB BANK
NIC ASIA

बिमस्टेक सम्मेलनलक्षित सुरक्षा : सेनाको नेतृत्वमा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भदौ १०, २०७५

NTC
Premier Steels

काठमाडौं – भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को शिखर सम्मेलनका क्रममा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

Muktinath Bank

शिखर सम्मेलनमा सहभागी हुने बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालय स्रोतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १८ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । 


Advertisment
Nabil box
Kumari

सुरक्षाकर्मीको परिचालनदेखि खतराको मूल्याङ्कन गर्ने जिम्मा विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले पाएको छ । जो सेनाको नेतृत्वमा छ । 

Vianet communication

बिमस्टेकमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेना पहिलो तथा तेस्रो घेरमा हुने छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा दोस्रोमा हुने छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले बाह्य सूचनाको संकलन तथा सम्भावित खतराको विश्लेषण गरी माथिल्लो निकायलाई सूचना दिनेछन् । 

गृह मन्त्रालय स्रोतका अनुसार बिमस्टेक सम्मेलनको सुरक्षामा नेपाली सेनाका ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै नेपाल प्रहरीबाट ९ हजार ७ सय, सशस्त्र प्रहरीबाट २ हजार ५ सय राष्ट्रिय अनुसन्धान विभागका करीब १ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । 

सेनाको गस्ती शुरू

बिमस्टेक शिखर सम्मेलन हुने मितिभन्दा एक हप्ता अगाडिदेखि नेपाली सेनाले राजधानीमा गस्ती शुरू गरेको छ । सेनाले शिखर सम्मेलन हुने सोल्टी होटेल, रात्री भोज हुने होटेल हायात तथा पशुपतिनाथ क्षेत्रमा गस्ती गरिरहेको छ । 

यस्तै राजधानीका भीडभाड हुने मुख्य क्षेत्र र चोकमा पनि सेनाले गस्ती बढाएको छ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरको सूचनाअनुसार ‘खतरापूर्ण स्थान’को मूल्याङ्कन गरी सेनासहित अन्य सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा बनाएका छन्  ।

राजधानी छिर्ने नाकामा विशेष निगरानी

बिमस्टेक सम्मेलनलाई लक्षित गरी प्रहरीले राजधानी भित्रिने नाकामा विशेष निगरानी बढाएको छ । 

प्रहरीले राजधानी भित्रिने मूख्य नाका नागढुङ्गासहित साँखु, जगाती, बालाजु, दक्षिणकाली र टोखामा सादा पोशाकका सुरक्षाकर्मीसहित विशेष निगरानी बढाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । 

राजधानी आसपासका शहरमा गुप्तचर परिचालन

बिमस्टेक सम्मेलनलाई लक्षित गरी राजधानी आसपासका ठूलादेखि साना शहरहरुमा समेत गुप्तचर परिचालन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

सम्भावित सुरक्षा चुनौतीको पूर्वमूल्याङ्कन गरी सूचना संकलनका लागि गुप्तचर निकाय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिएको गृह मन्त्रालयका उच्च अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

राजधानी आसपाका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायत जिल्लाका सानादेखि ठूला बजारमा गुप्तचर परिचालन गरी सूचना संकलन भइरहेको गृह मन्त्रालयका अधिकारीले बताए । 

यस्तै भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती शहर र राजधानी छिर्ने सडक छेउका बजारमा पनि निगरानी बढाइएको गृह स्रोतको भनाइ छ । 

गुप्तचर निकाय अनुसन्धान विभागले चितवन, हेटौंडा, बुटवल लगायत शहरमा पनि निगरानी बढाएको छ । 

केही देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरु गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्ने कार्यक्रम समेत रहेकाले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

होटेलका गेस्टको तथ्याङ्क सुरक्षा निकायमा

प्रहरीले राजधानीका होटेलमा पनि विशेष निगरानी बढाएको छ । राजधानीका तारेदेखि स–सना होटेलसम्मलाई प्रहरीले निगरानीमा राखेको छ । 

प्रहरीले शनिवार (९ गते)देखि राजधानीका सबै होटेलमा पुगेर होटेलमा आउने गेस्ट (अतिथि)हरूको सम्पूर्ण विवरण जुनसुकै बेला पनि उपलब्ध गराउनुपर्ने भन्दै सर्कुलर जारी गरेको छ । 

होटेलमा बस्न आउने सबै ग्राहकको फोटोसहितका परिचयपत्र साथमा राखेर मात्रै बस्न दिन प्रहरीले होटेल व्यवसायीलाई सर्कुलर जारी गरेको छ । होटेलमा कुनै शंकास्पद व्यक्ति आएमा तुरुन्त खबर गर्न भनेर हटलाइनको व्यवस्था समेत गरिएको प्रहरीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x