×

NMB BANK
NIC ASIA

‘संगीतको कुनै जात हुँदैन, हामीले गाउने सबैखाले गीतले नेपाल बोल्नुपर्छ’

कात्तिक २०, २०७४

NTC
Premier Steels
चिम्सा आँखा, अग्लो कदको एउटा तामाङ केटोले तताउँछ मञ्च तामाङ गीत गाएर । ‘ल्हास्सो मिङमा ल्हास्सो,’ ‘मार्सेम च्यामाम’ उसलाई चिनाउने चर्चित गीत हुन् ।Sanjeev-Waiba3

उसो त नेपाली भाषामा गाएका अन्य गीतहरू पनि कम्तीका छैनन् यिनका । यिनी अथवा सञ्जीव वाइवा काभ्रेको कोशीपारि जन्मेर विशेषगरी तामाङ समुदायमा निकै चर्चा कमाएका गायक हुन् ।

स्कूले जीवनदेखि नै गाउँदै आएका वाइवा नेपाल तामाङ कलाकार संघका केन्द्रीय महासचिव पनि हुन् । अहिले वाइवालाई देश विदेशमा हुने कार्यक्रममा भाग लिन भ्याईनभ्याई छ ।

उनी भन्छन्, ‘विश्वका कुनाकुनामा तामाङहरूको राम्रै उपस्थिति भएकोले हामी कलाकारहरूलाई काम मिलेको छ ।’ वाइवा कुनै बेलाका जनगायक पनि हुन् । जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य समेत भइसकेका वाइवा जनआन्दोलन २०६२/६३ मा काभ्रेको बनेपाका चोकचोकमा गुञ्जन्थे परिवर्तनको पक्षमा ।
जनवादी गीतबाट यात्रा शुरु
जनजागरण सांस्कृतिक परिवार भन्ने समूहबाट उनको सांगीतिक यात्रा शुरु भएको हो । प्रभा मावि कात्तिके देउरालीमा उनको अध्ययन चल्दाचल्दै साथीभाइहरू मिलेर यो समूहको स्थापना भएको थियो । यतिबेला उनीहरूको समूहले प्रगतिशील गीतहरू गाउँथ्यो ।

आजको चर्चित गायक सञ्जीव वाइवा बन्नको लागि धेरै नै मिहिनेत गरेको अनुभव छ उनीसँग । वाइवा भन्छन्, ‘नेपाली संगीतको भीडमा आफूलाई स्थापित गराउन त्यत्ति सजिलो छैन ।’

कुनैबेला थाङ्का चित्र कोर्ने वाइवा त्यतिबेला आफूले धेरै तामाङ गीतहरू सुन्ने मौका पाएको बताउँछन् । ‘एफएम रेडियोहरूमा र रेडियो नेपालमा त्यतिखेर भर्खर हाम्रो भाषाका गीतहरू बज्न शुरु भएका थिए, तिनै गीतहरू नै मेरा गायनयात्राका प्रेरणाका स्रोत हुन्,’ उनले लोकान्तरसँग आफ्नो सांगीतिक यात्राको सोचबारे भने ।

रेडियोमा बज्ने तामाङ गीतहरू सुन्दै आफ्नो कर्ममा रमाएका वाइवाका दर्जनौं गीतले अहिले श्रोताको मन जितिसकेका छन् ।

तामाङ कलाकार भएकोमा गर्व लाग्छ
विशेषगरी स्टेज शोहरूमा उनलाई धेरै नै रुचाइन्छ । दर्शकलाई पूर्ण मनोरञ्जन दिने कुरामा वाइवाले केही कसर बाँकी राख्दैनन् । कार्यक्रमको सिलसिलामा जापान, कोरिया लगायत देशहरूमा पुगेर गाउन पाउँदा आफूलाई तामाङ कलाकार भएकोमा गर्व महसूस हुने वाइवाको भनाइ छ ।Sanjeev-Waiba2

दोर्जे ग्याडम रिमठिम फेवे भन्ने समूह बनाएर उनी तामाङ गीतमा समर्पित भए २०५६ सालतिर । यसै समूहमा रहेर उनीहरूले २०५७ मा पहिलो गीती एल्बम निकाले ‘दुःखला न्हान’ । आफूसँग पर्याप्त आर्थिक स्रोत नहँुदा साथीभाइसँग सहयोग लिएर यो एल्बम निकालेको तीतो अनुभव बताउँछन् वाइवा ।

काठमाडौंको बौद्ध र स्वयम्भूमा चैत्र पूर्णिमामा लाग्ने तिमाल जात्रालाई लक्षित गरेर यो एल्बम निकालिएको थियो । वाइवाको पहिलो प्रयासलाई नै तामाङ श्रोताहरूले बिछट्टै मन पराइदिए । वाइवा भन्छन्, ‘त्यतिखेरका सबै तामाङ सेलोका क्यासेटभन्दा हाम्रो क्यासेट बढी बिक्री भएको थियो ।’

उनी त्यतिखेरबाट सम्पूर्ण तामाङ श्रोताहरूको कानमा सञ्जीव वाइवाको नामले गुञ्जन थाले । सोही एल्बममा उनले गाएको ‘मार्सेम च्यामाम्’ भन्ने गीतलाई वाइवा आफ्नो करीयरको सबैभन्दा सफल गीत मान्छन् ।

‘दुःखला न्हान’को सफलतापछि वाइवालाई तामाङ सेलोका वरिष्ठ संगीतकार चन्द्रकुमार दोङले गाउने अवसरहरू दिन थाले । उनी भन्छन्, ‘मेरो स्वरलाई चन्द्र दाजुले पनि सुन्नुभएको रहेछ । उहाँले उहाँको कलेक्सन एल्बमहरूमा करीब १० वटा गीत गाउने मौका दिनुभयो ।’ यसपछि त सञ्जीवले आफ्नो गायन यात्रामा पछाडि फर्कनुपरेन ।

२०६० को दशकमा बनेपामा बस्दै आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाएका वाइवाले बनेपामै तीन वर्ष संगीतको कक्षासमेत लिएको बताए । यसैक्रममा उनले २०६२ सालमा आफ्नो एकल एल्बम निकाले ‘ल्हास्सोले मिङ्मा’ । यो एल्बमले पनि तामाङ श्रोताहरूको राम्रो साथ पाएको वाइवा बताउँछन् । अर्को एल्बम ‘सेलो तरङ्ग’ले त झन् उनको सांगीतिक यात्रामा तरङ्ग नै ल्याइदियो ।

म सबैको गायक
लगन र मिहिनेतमा विश्वास राख्ने वाइवा अझै संगीतमा केही गर्ने दृढ अठोटमा छन् । अहिले पनि वाइवा नयाँ एल्बमको तयारीमा रहेको बताउँछन् । ‘अबको एल्बम मेरो अलि फरक धारको हुुनेछ,’ उनी भन्छन्, ‘यसअघि मैले मेरो समुदायलाई मात्र गीतहरू गाएँ, अबका दिनमा म तामाङ समुदाय साथसाथै अन्य दाजुभाइको लागि पनि गीत गाउँदैछु ।’

चलेका संगीतकारहरूसँग सहकार्य गरेर उनको नयाँ एल्बम आउँदैछ । आफूलाई कुनै समुदाय विशेषको मात्र भनेर सीमित राख्नु नहुने उनको भनाइ छ । तर उनी तामाङ श्रोताहरू नै आफ्नो प्राण भएको गर्वले सुनाउँछन् ।

जनगीत र मायाप्रेमका गीत
आफ्नो गायनको शुरुवाती दिनहरूमा वाइवालाई सबैले जनवादी गीत गाउने गायक भनेर चिन्ने उनी बताउँछन् । व्यावसायिक भएपछि मात्र वाइवाले प्रेम रतिरागमा आधारित गीत गाउन थालेका हुन् ।
शुरुमा आफू जनवादी गीत मात्र गाउँछु भनेर हिँडे पनि श्रोताहरूको मागका कारण मायाप्रीतिका गीतमा पनि हात हालेको वाइवा बताउँछन् ।

जनताका दुःखपीडाका गीत गाउँदा आउने आनन्द उनी कल्पना गर्र्न पनि नसकिने बताउँछन् । भन्छन्, ‘दिनभरि जनगीत गाएर राति निदाउँदा पनि आनन्द आउँछ ।’

जनसरोकारका गीतहरू, मुक्तिका गीतहरू गाउँदा जनताको ध्यान खिच्ने उनको अनुभव छ । तामाङ भाषाका उनका प्रायः गीतहरू प्रगतिशील नै भएको उनी दाबी गर्छन् । ‘मेरा सबै गीतमा जनताकै कुराहरू समेटिएका छन्, त्यसैले मेरा गीतहरू जनवादी नै हुन् ।’

आफू कलाकारको रूपमा स्थापित भइसकेपछि कुनै गीत गाउँदिन भन्न नहुने तर्क गर्दै वाइवा भन्छन्, ‘मैले सबैको भावनाको कदर गर्नैपर्छ, त्यसैले पनि मैले मायाप्रेमका गीत गाउनुपरेको हो ।’

आफूलाई पूर्ण रूपले जनगायकको रूपमा स्थापित गर्छु भन्ने सपना हुँदाहुदै पनि दर्शक श्रोताको अगाध मायालाई सम्मान गरेको वाइवाको तर्क छ । व्यावसायिकताको लागि पनि आफूले धार परिवर्तन गरेको वाइवाले बताए ।

सेलो संगीतको वर्तमान अवस्था
अन्य भाषाभाषीका गीतसंगीतको तुलनामा तामाङसेलो संगीतको बजार राम्रो छ । उपत्यका आसपासका जिल्लाहरूमा यसका श्रोताहरू मनग्गे छन् । बजार पनि राम्रो भएको वाइवा दाबी गर्छन् । उनका अनुसार २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र सेलो संगीतको बजार फराकिलो भएको हो । २०६० सालभन्दा पछाडि विदेशमा पनि कार्यक्रमहरू हुन थालेपछि सेलो संगीतको माग बढेको उनको ठम्याइ छ ।

छरिएर रहेका सेलो गायकहरूलाई संगठित गरेर वाइवा लगायतले राष्ट्रिय तामाङ कलाकार संघको स्थापना गरे । यसले सेलो गायकहरूलाई झन् व्यावसायिक बन्न सघाएको उनी बताउँछन् ।Sanjeev-Waiba

अहिले करीब ३० वटा देशमा तामाङ संघसंस्थाहरूले वार्षिक दुईतीनवटा कार्यक्रम गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै वाइवा भन्छन् , ‘विदेशका कार्यक्रमहरूको कारण पनि नेपाली सेलो संगीत व्यावसायिक बन्नसकेको हो ।’ कलाकार संघको कारण सेलो संगीतमा मलजल पुगेको उनको निष्कर्ष छ ।

तामाङहरूको महान् पर्व ल्होसारका कारण पनि सेलो संगीत माथि उठेको वाइवा बताउँछन् । माघ १५ गतेदेखि फाल्गुन १५ सम्म केन्द्रदेखि गाउँसम्म ल्होसारका कार्यक्रमहरू गर्ने चलन बसेको छ । सबै कार्यक्रममा कलाकारलाई राम्रै पारिश्रमिक दिने गरेको पनि वाइवा बताउँछन् ।

मिडियाले पनि तामाङ गीतहरूलाई उपयुक्त स्थान दिएको उनी बताउँछन् । गीतसंगीतलाई चर्चामा ल्याउन मिडिया नभई नहुने कुरामा वाइवाको मतैक्य छ । भन्छन्, ‘गाएर मात्र हुँदैन, मलाई काभ्रेलगायत ठाउँका मिडियाहरूले पनि राम्रो सहयोग गरेका छन् ।’

तामाङ कलाकार र तामाङ संस्कृति
तामाङ कलाकार नभएको भए तामाङ संस्कृतिको उत्थान हुन कठिन हुने वाइवाको तर्क छ । आफ्नो संस्कृतिको विकासमा कलाकारहरूको योगदान उच्च रहेको बताउँदै उनी थप्छन्, ‘तामाङ कलाकारहरू हुन्थेनन् भने हाम्रो समुदायबाट ल्होसार भन्ने पर्व नै लोप भइसक्थ्यो होला ।’

तामाङ कलाकारहरूका कारण ल्होसार विधिको लागि मात्रै होइन, सांस्कृतिक रूपमै मान्नुपर्छ भन्ने मान्यता स्थापित भएको वाइवा दाबी गर्छन् । सेलो गीतमा तामाङका रीतिरिवाजहरू झल्कने भएकोले सेलो गीतलाई कम नठान्न उनी सुझाव दिन्छन् ।
सेलो गीत र मूलधारे संगीत
सेलो संगीतको आफ्नो छुट्टै पहिचान भएको तर्क गर्दै वाइवा भन्छन्, ‘आफ्नै पहिचान हुँदाहुँदै पनि यो संगीत नेपाली संगीतको मूलधारमा पनि बगेको छ । मूलधारका केही गीतहरू सेलो संगीतमै आधारित भएर बन्ने गरेको उनले व्याख्या गरे ।

तामाङ समुदायका कलाकारहरू दुई किसिमका भएको उनको बुझाइ छ — आफ्नो समुदायमा मात्र सीमित भएका कलाकार र तामाङ भइकन मूलधारमा जमेका कलाकारहरू । निमा रुम्बा, राजु लामा, अविनाश घिसिङ लगायतका कलाकारहरू सेलो गाउन शुरु गरेर राष्ट्रिय कलाकारको रूपमा परिचय बनाएको उनको ठहर छ । उसो त गोपाल योञ्जनलाई पनि बिर्संदैनन् वाइवा ।

कलाकारहरू स्थापित हुन मूलधारमा भन्दा आफ्नो समुदायमा सजिलो हुने वाइवाको धारणा रहेको छ । रोज मोक्तान, जयनन्द लामा, विजय लामा आदि कलाकार मूलधारमा चम्किए पनि उनीहरूको पनि आधार सेलो गीत नै भएको वाइवा बताउँछन् ।

नेपालमा तामाङ गीत मात्र नभई सबै जनजातिका गीतहरू चर्चित रहेको बताउँदै वाइवा भन्छन्, ‘संगीतको कुनै जात हुँदैन, हामीले गाउने सबैखाले गीतले नेपाल बोल्नुपर्छ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x