×

NMB BANK
NIC ASIA

रामनगर गोलीकाण्ड : सर्लाहीका सीडीओ र एसपी ‘पञ्चायतको भर’ पर्दा अप्रिय घटना

कात्तिक १३, २०७५

NTC
Premier Steels

काठमाडौं – सर्लाहीको रामनगर गाउँपालिकामा गोली लागेर मंगलबार कांग्रेस कार्यकर्ताको मृत्यु भयो । गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोमाथि सोमवार कुटपिट भएपछि भोलिपल्ट मंगलवार गोली प्रहारबाट उनका काका रामविलाश महतो मारिए ।

Muktinath Bank

सोमवार र मंगलवार एकाएक कुनै विवाद बढेर गोलीकाण्ड भएको भने होइन । गाउँमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महतो र स्थानीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच विगत १ महिनादेखि विवाद चलिरहेको थियो । विवाद ‘भुसको आगोझैं’ भित्रभित्रै सल्किएर गोलीकाण्डको अवस्थामा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवादको शुरूवाती कारण स्पष्ट नभएपनि विवाद लामो समयदेखि चलिरहेको भने प्रष्ट भएको छ । असोज २८ गते नेकपा कार्यकर्ताले आफ्नो घरमा आक्रमण गरेको वडाध्यक्ष महतोले बताए । आक्रमणपछि महतो शान्तिसुरक्षा र आक्रमणकारीमाथि कारवाहीको माग गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) द्रोण पोखरेल र प्रहरी उपरीक्षक (एसपी) कोषराज पोखरेलसम्म पुगे । तर वडाध्यक्षको गुहार सीडीओ र एसपीले सुनेनन् ।


Advertisment
Nabil box
Kumari

मुद्दा नै दर्ता गरेनन् : वडाध्यक्ष महतो

Vianet communication

आफ्नो घरमा असोज २८ गते राति ११ बजे आक्रमण र कुटपिट भएको विषयमा प्रहरीमा निवेदन पेश गर्दा गर्दा नै नगरिएको वडाध्यक्ष महतोले बताए । ‘घरमा आक्रमण भएपछि म आफैं सीडीओ सापलाई भेट्न गए, प्रहरीले मुद्दा नै दर्ता गरेन,’ वडाध्यक्ष महतोले भने, ‘प्रहरी कार्यालयमा उजुरी दर्ता नगरेपछि हुलाकबाट उजुरी पठाएको थिए ।’

सीडीओले छानबिन समिति गाउँमै पठाउने भनेपछि प्रहरी निरीक्षकहरू गाउँमा आएपनि आक्रमणकारीमाथि कुनै कारवाही नभएको वडाध्यक्ष महतोले गुनासो गरे । ‘त्यसपछि गाउँमै अर्काे महिलाको घरमा पनि आक्रमण भएको छ,’ उनले भने, ‘गाउँमा शान्तिसुरक्षा बिग्रिँदै गएको थियो ।’ १–२ किलोमिटरको दूरीमा गाउँ नजिकै प्रहरी चौकी भएपनि प्रहरीले गाउँको विवादलाई गम्भीर रुपमा लिएन ।

साना–साना विवाद भइरहन्थे, गाउँमै मिलाउँथे : सीडीओ

सर्लाहीका सीडीओ पोखरेलले गाउँमा साना–साना विवाद भइरहने भएपनि आपराधिक घटना मंगलवार मात्रै भएको बताए । ‘साना–साना घटना भइरहन्थे, गाउँमै मिलाउँथे । सानोतिनो झगडा गर्छन्, मिल्छन्, यहाँको चलन यस्तै छ,’ पोखरेलले भने ।

रामनगर गाउँमा सामान्य विवाद मिलाउन ‘पञ्चायत’ गर्ने गरिन्छ । ‘पञ्चायत’मा विवादको समाधान खोजेर मेलमिलाप गराउने गरिएको छ । जिल्ला सदरमुकाम पुगेको र राजनीतिक विवादपछि भएको घटनालाई प्रशासन र प्रहरीले गाउँमै मिलाउन फर्काइदिएपछि विवादले उग्ररुप लिएको देखिएको छ । वडाध्यक्षदेखि राजनीतिक कार्यकर्ताबीच भएको विवादलाई पञ्चायतले किनारा लगाउन सकेन ।

रामनगरमा राजनीतिको कुरुप दृश्य : वडाध्यक्षमाथि कुटपिटदेखि गोलीकाण्डसम्म

जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्दा फाँटका प्रहरी निरीक्षक कुन्दन देवले सहमति र छलफल गराउने घटनामा मुद्दामा नलैजाने गरिएको बताए । ‘छलफल गरेर सहमति गर्ने घटना भएकाले मुद्दामा नलगिएको हुन सक्छ,’ देवले भने ।

विवाद मिलाउन प्रहरी कार्यालयले छलफल बोलाउने गरेपनि कुनै दिन कोही पक्ष नआउने र कुनै दिन कोही पक्ष नआउने गरेका कारण दुवै पक्षबीच सहमति हुन नसकेको उनले बताए ।

‘पुरानो घटना र अहिलेको घटना फरक–फरक हो । हिजो वडाध्यक्षमाथि कुटपिट भएपछि आजको घटना भएको हो,’ उनले भने । वडाध्यक्षमाथि कुटपिट हुनुको कारण भने थाहा हुन नसकेको प्रहरी निरीक्षक देवले बताए ।

वडाध्यक्ष महतोले भने सीडीओ र प्रहरी सत्तापक्षको राजनीतिक प्रभावमा परेर कारवाही प्रक्रिया अगाडि नबढाएको आरोप लगाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x