×

NMB BANK
NIC ASIA

रामनगरमा राजनीतिको कुरुप दृश्य : वडाध्यक्षमाथि कुटपिटदेखि गोलीकाण्डसम्म

कात्तिक १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सर्लाही जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोको घरमा बिहान ९ बजे १ जना व्यक्ति आए । उनलाई सोधियो – वडा कार्यालय कतिबेला आउनुहुन्छ ? महतोले जवाफ दिए – १५–२० मिनेटमा आउँछु ।
तर, ती व्यक्ति गएपछि वडाध्यक्षलाई अनिवार्य अर्काे काम आयो । उनी केही ढिला ११ बजेतिर घरबाट कार्यालयतिर प्रस्थान गरे । कार्यालय नपुग्दै बाटोमै महतोमाथि केही व्यक्तिले आक्रमण गरे । कुटपिट गरेर घाइते बनाए ।

Muktinath Bank

वडाध्यक्ष महतो अहिले अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् । महतोको खुट्टा र टाउकोमा चोट लागेको छ । ‘म अहिले अस्पतालमै उपचार गराइरहेको छु, मेरो खुट्टा भाँचिएको छ, टाउकोमा १० टाका लागेको छ,’ टेलिफोनमा महतोले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडाध्यक्षमाथि कुटपिट भएको भोलिपल्ट वडाध्यक्षका काका रामविलाश महतो गोली प्रहारबाट मारिएका छन् । उनीसँगै अन्य ७ जना गोली लागेर घाइते भएका छन् । गोलीकाण्डपछि गाउँ त्रसित भएको छ भने सुरक्षाका लागि गाउँमा प्रहरी परिचालन भएको छ ।


Advertisment
Nabil box
Kumari

नेकपाका कार्यकर्तामाथि कांग्रेसको आरोप

Vianet communication
Laxmi Bank

वडाध्यक्ष महतोले आफूमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले कुटपिट गरेको र काकाको हत्या गरेको दाबी गरेका छन् । घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेका वडाध्यक्ष महतोले आफूलाई वडाध्यक्ष भएको देख्न नचाहनेहरूले पटक–पटक आक्रमण गर्ने गरेको बताए ।

रामपुर गाउँपालिका रहेको क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले वडाध्यक्ष लगायतलाई कम्युनिस्ट पार्टीमा प्रवेश गराउन दबाब दिइएको र नमानेपछि कुटपिट र गोलीकाण्ड गरिएको दावी गरे । ‘कांग्रेस छाडेर कम्युनिस्ट पार्टीमा आउन दबाब दिने गरिएको थियो,’ सांसद सिंहले भने, ‘नमानेपछि कुटपिट र गोली चलाएका हुन् ।’

सांसद सिंहले कुटपिटदेखि गोलीकाण्डमा स्थानीय ४ जनाको नाम लिएका छन् । श्रीनारायण राय, शुभनारायण राय, धर्मेन्द्र शाह, उपेन्द्र राय लगायतका व्यक्तिको संलग्नतामा कुटपिटदेखि गोलीकाण्ड भएको उनले दावी गरे ।

सिफारिस दिन भेदभाव गरेपछि आक्रोश बढ्यो : नेकपा

वडाध्यक्षले वडा कार्यालयबाट दिनुपर्ने सेवामा भेदभाव गरेपछि कार्यकर्तामा आक्रोश बढेर गम्भीर रुप लिएको नेकपाका नेता तथा पूर्वसभासद् शिवपुजन रायले बताए । ‘कम्युनिस्ट समर्थकलाई वडाध्यक्षले जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, नागरिक सिफारिस लगायत समेत दिँदैन्थे,’ उनले भने, ‘आक्रोश बढेपछि हिजो (सोमवार) वडाध्यक्षमाथि केही केटाहरूले कुटपिट गरेछन् ।’

थोरै संख्यामा रहेका कम्युनिस्ट कार्यकर्ता र समर्थकमाथि वडामा पक्षपात हुने गरेको पूर्वसभासद् रायले दाबी गरे । ‘वडाध्यक्षमाथि कुटपिट भएको घटनालाई लिएर आज (मंगलवार) बिहानैदेखि कांग्रेस कार्यकर्ताले नेकपाका कार्यकर्तामाथि आक्रमण शुरू गरेछन्, त्यसपछि प्रतिकार गर्दा गोली प्रहार भएको भन्ने खबर आएको छ ।’

गोली प्रहार गर्नेमाथि कारवाही हुँदै जाने भएपनि वडास्तरमा कम्युनिस्ट कार्यकर्ता असुरक्षित रहेको उनले दाबी गरे ।

वडाध्यक्ष महतोले भने आफूले राजनीतिक रुपमा कसैमाथि पक्षपात गर्ने नगरेको दाबी गरेका छन् । ‘म झूटा बोलिरहेको छैन, छानबिन गर्न आग्रह गर्छु, मैले कसैलाई भेदभाव गरेको छैन,’ महतोले भने, ‘म अल्पसंख्यक जातिको मान्छे वडाध्यक्ष भएको मन नपराउनेहरूले आक्रमण गरेका हुन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x