पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
चैत २१, २०७५
काठमाडौं –उपराष्ट्रपति नन्दबहादुर पुनकै प्रयोजनका लागि १० वटा गाडी प्रयोग भइरहेको पाइएको छ । त्यसमध्ये ५ गाडी उपराष्ट्रपति पुनले नै प्रयोग गर्छन् भने ५ वटा गाडी अगुवा–पछुवाका लागि प्रयोग भइरहेका छन् ।
उपराष्ट्रपति पुनको सवारीमा टोयटा ल्यान्डक्रुजर प्राडो, कियाकार र ड्यामलर कार प्रयोग हुने गरेको छ । फर्चुनर जीप र कियाकार निवासमा प्रयोग हुन्छ ।
उपराष्ट्रपतिको अगुवा–पछुवाका लागि तीनवटा कियाकार र दुईवटा स्कोर्पियो जीप प्रयोग हुँदै आएको छ ।
पूर्व उपराष्ट्रपति परमानन्द झाले बा१झ ९९०१ नम्बरको स्कोर्पियो जीप प्रयोग गर्ने गरेका छन् भने बा२झ १८८० नम्बरको क्रेटा जीप सचिव रामकुमार आचार्यका लागि उपराष्ट्रपति कार्यालयले उपलब्ध गराएको छ ।
फरक ब्राण्डका गाडी, फरक मितिमा खरिद, मूल्य उही !
उपराष्ट्रपति पुनको सवारीमा प्रयोग हुने बा१झ ८८३२ नम्बरको ल्यान्डक्रुजर २०६६ जेठ १४ गते ८९ लाख ९१ हजार रुपैयाँमा खरिद गरिएको देखिन्छ ।
अचम्म त के भने सोही मूल्यमा फरक–फरक ब्राण्डका २ गाडी त्यसको ५ वर्षपछि खरिद गरिएको छ । उपराष्ट्रपतिकै सवारीमा प्रयोग हुने बा१झ ८८८० नम्बरको कियाकार र बा२झ १८५९ नम्बरको ड्यामलर कार २०७१ चैत २३ गते ८९ लाख ९१ हजारमा नै खरिद गरेको देखिन्छ ।
यसरी फरक–फरक ब्राण्डका गाडी फरक–फरक समयमा खरिद गर्दा उही मूल्य हुनु चाहिँ आश्चर्यजनक छ । यसबारे जिज्ञासा राख्दा उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी हेमराज तामाङले बिलमा उल्लेख भएअनुसार नै आफूले सूचना उपलब्ध गराएको जानकारी गराए । ‘बिलमा उल्लेख भए अनुसारको सूचना हामीले उपलब्ध गराएका हौं, मूल्यको विषयमा त्योभन्दा बढी हामीलाई थाहा हुँदैन,’ सूचना अधिकारी तामाङले लोकान्तरसँग भने ।
उपराष्ट्रपतिको सवारीमा प्रयोग भएकामध्ये प्राडो र किया प्रधानमन्त्री कार्यालय तथा ड्यामलर कार नारायणहिटीबाट उपलब्ध गराइएको देखिन्छ ।
उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिव सुकबहादुर रोकाले बा२झ १८८१ नम्बरको क्रेटा जीप, सहसचिव तेजराज पाण्डेले बा२झ १८८३ नम्बरको कार, उपसचिव भूमिश्वर पोख्रेलले बा१झ ८५१५ नम्बरको आई टेन तथा अर्का उपसचिव दीपकराज पाण्डेले बा१झ ८५१६ नम्बरको सेन्ट्रो कार चढ्ने गरेका छन् ।
निर्वाचन आयोग र नारायणहिटीले दिएका २ गाडी बिग्रिएर थन्किए
निर्वाचन आयोगले उपलब्ध गराएको बा१झ ४०६३ र नारायणहिटीबाट उपलब्ध बा१झ १५८३ नम्बरको गाडी बिग्रिएर थन्किएको देखिन्छ । निर्वाचन आयोगका २ र नारायणहिटीका २ गाडी उपराष्ट्रपति कार्यालयमा छन् ।
हेर्नुहोस्, चारपांग्रे सवारीको विवरण:
उपसचिवदेखि हलुका सवारी चालकसम्मलाई मोटरसाइकल
उपसचिव हेमराज तामाङदेखि हलुका सवारी चालक हरिबहादुर थापासम्मका १२ जनाले दुईपांग्रे सवारी सुविधा लिएका छन् । २ वटा मोटरसाइकल बिग्रिएर थन्किएको देखिन्छ ।
हेर्नुहोस्, मोटरसाइकल प्रयोगकर्ताको विवरण:
उपराष्ट्रपतिलाई ३१०, सचिवलाई १०० लिटर इन्धन
उपराष्ट्रपति कार्यालयले लोकान्तरलाई उपलब्ध गराएको विवरण अनुसार उपराष्ट्रपति पुनको प्रयोजनका लागि मासिक ३१० लिटर इन्धन प्रयोग हुने गरेको देखिन्छ । सचिव र उपराष्ट्रपतिका प्रमुख स्वकीय सचिवले सय/सय लिटर, सहसचिवले ७२ लिटर र उपसचिवद्वयले मासिक ६० लिटर इन्धन सुविधा उपराष्ट्रपतिको कार्यालयबाट उपलब्ध हुने गरेको छ । दुईपांग्रे सवारीका लागि भने मासिक १० लिटर इन्धन उपलब्ध हुन्छ ।
पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला भागहरू:
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...