सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

चैत १३, २०७५

काठमाडौं –सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको स्वामित्वमा १२ वटा गाडी छन्, त्यसमध्ये ५ वटा गाडी पूल (जगेडा)मा राखिएको पाइएको छ ।

मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा पाँचवटा गाडी ‘कार्यालय प्रयोजन हाल पूलमा’ भनेर लेखिएको छ ।


ADVERTISEMENT

जगेडामा राखिएका यतिका गाडी कसले प्रयोग गर्छन् त ?

‘हामीले देशभर फ्रिक्वेन्सी अनुगमनमा हिँडिरहनुपर्छ, एउटा गाडी त्यसैमा प्रयोग हुन्छ,’ सूचना अधिकारी मुकुन्द शर्माले भने, ‘अहिले पनि उक्त गाडी पोखरा गएको छ ।’

अर्को एक गाडी श्रव्यदृष्यको अनुगमनमा प्रयोग हुने गरेको उनले बताए । 

एनालग केबलहरूलाई डिजिटलमा लैजाने निर्णयपछि त्यसको कार्यान्वयनको अवस्था बुझ्न उक्त गाडी प्रयोग हुने गरेको उनको भनाइ छ ।

पूलमा रहेका बाँकी गाडी दैनिक कामकाजमा प्रयोग हुने गरेको उनले बताए ।‘उपसचिव

हरूका लागि हामी कहाँ गाडी छैन, अन्य विकासे मन्त्रालयमा गाडी धेरै भएकाले प्रयोग गर्नुभएको होला, तर हामीकहाँ काम पर्दा पूलमा रहेका गाडीहरू प्रयोग गर्ने गरेका छौं,’ उनले भने ।

पूलमा रहेका गाडी नै आवश्यकता अनुसार उपसचिवहरूले प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

मन्त्रीलाई टोयटा, सचिवको ह्युण्डाइ क्रेटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा बा १ झ ८३८७ नम्बरको टोयटा गाडी चढ्छन् । सचिव महेन्द्रमान गुरुङले बा २ ब २६४६ नम्बरको नम्बरको ह्युण्डाइ क्रेटा कार चढ्ने गरेका छन् ।

सहसचिव ऋषिराम तिवारीले बा २ ब २६४७ नम्बरको क्रेटा, सहसचिव राधिका अर्यालले बा २ ब २६४८ नम्बरको क्रेटा र सहसचिव वीरेन्द्र कुमार मिश्रले बा २ झ ३८८८ नम्बरको टाटा नेक्सन कार चढ्ने गरेको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

कसले कति लिन्छन् इन्धन ?

मन्त्रालयबाट सचिवले मासिक सय लिटर, उपसचिवले ७० लिटर र दुई पांग्रे सवारी चालकले ५ लिटर इन्धन मासिक पाउने गरेको मन्त्रालयलले जनाएको  छ।

क–कसले चढ्छन् मोटरसाइकल ?

उपसचिव शिवप्रसाद त्रिपाठीदेखि सवारी चालक प्रदीप अधिकारीसम्मले मोटरसाइकल तथा स्कूटर प्रयोग गर्ने गरेका छन् ।

हेर्नुहोस्, मन्त्रालयबाट सवारी सुविधा लिनेहरूको सूची :

पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला चार भाग :

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

चैत १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार